बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई अक्सिजन प्लान्ट

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई भारत सरकारले अक्सिजन प्लान्ट अनुदानमा उपलब्ध गराएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भारतीय राजदूत विनय मोहन क्वात्राले १६० एलपीएम क्षमताको मेडिकल अक्सिजन प्लान्ट हस्तान्तरण गरेका हुन् ।
भारत सरकारले नेपाललाई उपलब्ध गराएको अक्सिजन प्लान्टले ठूलो सहयोग गर्ने स्वास्थ्य मन्त्री श्रेष्ठले बताए । अक्सिजन प्लान्ट हस्तान्तरण कार्यक्रममा नेपालका लागि भारतिय राजदूत विनयमोहन क्वात्राले कोरोना महामारीको समयमा प्लान्टको आवश्यकता पर्ने सक्ने भन्दै छिमेकी राष्ट्र नेपाललाई सहयोग गरेको बताए ।
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सहयोग गरेको अक्सिजन प्लान्टले नेपाल तथा भारतका बिहार राज्यका जनतालाई सेवा पुर्याउनमा राजदूत क्वात्राले विश्वस व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाम्रो कारण थापाथलीमा मेलम्ची खानेपानीको पाइपमा क्षति पुगेको छैन : विद्युत प्राधिकरण
-
प्रहरी स्टाफ कलेजविरुद्धको रिट न्यायाधीश फुयालको इजलासमा
-
‘पाकिस्तानसँग हार्ने डरले शारजहाँबाट खेल छोडेर भागेको बिर्सनुभयो ?’
-
अतिरिक्त भन्सार महसुलको चिन्ताले अमेरिका र एशियामा शेयर बजार चौपट
-
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
युक्रेन युद्ध रोकिने आशा छ : मार्क रुबियो