१० बुँदे प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने एमालेको निर्णय
नेकपा एमालेले १० बुँदे एकता प्रस्तावलाई शीघ्र कार्यान्वयन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति बैठकले स्थायी समिति बैठकले गरेको प्रस्तावअनुसार १० प्रस्ताव अनुमोदन गरेको पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए ।
‘आजको बैठकले स्थायी समितिले गरेका निर्णय अनुमोदन गरेको छ । साथै १० बुँदे सहमति कार्यन्वयन शीघ्र कार्यान्वयन गर्न कार्ययोजना र कार्यतालिकालाई मूर्त रुप दिएको छ’, ज्ञवालीले बैठकपछि पत्रकारमाझ जारी दिए ।
साथै बैठकले एमाले विभाजनमा लाग्नेहरूमाथि कानुन अनुसार कारवाही गर्ने समेत बैठकले गरेको छ । विभाजनमा लाग्नेहरू गल्ती सुधार गरेर आए पार्टीले स्वीकार गर्ने समेत एमालेले जनाएको छ ।
आजको बैठकमा अध्यक्ष केपी ओलीले आन्तरिक एकताका लागि महत्वपुर्ण बैठक भएको धारणा राखेका थिए । त्यस्तै अध्यक्ष ओलीले पार्टी एकताको पक्षमा उभिने नेताहरुलाई स्वागत गरेका थिए ।
त्यस्तै पार्टी जेठ २ को अवस्थामा फर्कने भएपछि बीचमा अर्को पार्टीबाट आएका नेता, कार्यकर्ता र जनसंगठनहरूमा १० बुँदे कार्यान्वयन गर्न प्रदेश र विभिन्न नेताहरुलाई एमालेले जिम्मेवारी पनि दिएको छ । मातहत कमिटीलाई जिम्मेवारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
-
‘मरुभूमिको जहाज’ जलवायु परिवर्तनको मारमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण