नेप्सेमा दोहोरो अंकको सुधार, आज फेरि हाइड्रो र विकास बैंक चम्किए

केही दिनयताको तीब्र गिरावटलाई तोड्दै बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचकमा १७.६० अंकले बढेर ३ हजार ९४.०५ विन्दुमा उक्लिएको हो ।
जबकी गत मंगलबार र बुधबार दुई दिनमा नेप्से परिसूचक अधिकतम १०४.४५ अंकले घटेर ३ हजार ७६.४४ विन्दुमा झर्न पुगेको थियो । त्यसो त नेप्सेका अनुसार आज बिहीबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४० अंकले बढेर ५७१.३९ विन्दुमा पुगेको छ ।
यसदिन हाइड्रोपावर, डेभलपमेन्ट बैंक, फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहहरु चम्किँदा यता बैंक, ट्रेडिङ्ग, जीवन बीमा, निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् ।
यद्यपि, १७ अंकले बढेको बजारमा आज कारोबार रकम भने १३ अर्ब हारहारीमा मात्र भएको छ । नेप्सेका अनुसार यस दिन कुल २३२ कम्पनीका २ करोड १६ लाख कित्ता सेयर बजारमा १ लाख ३० हजार भन्दा बढी पटक किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाखको कारोबार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?
-
कर्णाली रोजगार कार्यक्रमको कार्यविधि २०८१ स्वीकृत