मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

नेप्सेमा दोहोरो अंकको सुधार, आज फेरि हाइड्रो र विकास बैंक चम्किए

बिहीबार, १० भदौ २०७८, १५ : ५४
बिहीबार, १० भदौ २०७८

केही दिनयताको तीब्र गिरावटलाई तोड्दै बिहीबार सेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको बिहीबार नेप्से परिसूचकमा १७.६० अंकले बढेर ३ हजार ९४.०५ विन्दुमा उक्लिएको हो । 

जबकी गत मंगलबार र बुधबार दुई दिनमा नेप्से परिसूचक अधिकतम १०४.४५ अंकले घटेर ३ हजार ७६.४४ विन्दुमा झर्न पुगेको थियो ।  त्यसो त नेप्सेका अनुसार आज बिहीबार ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३.४० अंकले बढेर ५७१.३९ विन्दुमा पुगेको छ । 

यसदिन हाइड्रोपावर, डेभलपमेन्ट बैंक, फाइनान्स, माइक्रो फाइनान्स, होटल तथा पर्यटन समूहहरु चम्किँदा यता बैंक, ट्रेडिङ्ग, जीवन बीमा, निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक (नेगेटिभ) भएका छन् । 

यद्यपि, १७ अंकले बढेको बजारमा आज कारोबार रकम भने १३ अर्ब हारहारीमा मात्र भएको छ । नेप्सेका अनुसार यस दिन कुल २३२ कम्पनीका २ करोड १६ लाख कित्ता सेयर बजारमा १ लाख ३० हजार भन्दा बढी पटक किनबेच हुँदा १३ अर्ब ४२ करोड १९ लाखको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप