राहुघाट खोला थुनियो, तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
पहिरोलेराहुघाट खोला थुनिएर ताल परेको र त्यो फुटेर तल्लो तटीय क्षेत्रमा जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बागलुङले त्यस क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । बागलुङ भएर बग्ने कालीगण्डकी नदीको सहायक खोला राहुघाट पहिराले थुनिएर ताल परेकाले जोखिम निम्तन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणमा सतर्क रहन आग्रह गरेको हो ।
म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ रायखोरको मूलपानी र वडा नं ७ चिमखोलाको गौडामुनीबाट आज बिहान खसेको पहिराले राहुघाट खोला थुनिँदा ५० मिटर गहिरो र ५०० मिटरभन्दा लामो ताल परेको जनाइएको छ । पहिरो खस्ने क्रम अहिले पनि नरोकिएकाले लामो समयसम्म खोला थुनिएर एक्कासी ताल फुट्न गई कालीगण्डकी नदीमा जोखिम निम्तन सक्ने खतरा छ ।
तटीय क्षेत्रमा बसोबास गर्ने र आउजाउ गर्ने सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सार्वजनिक सूचनामार्फत अनुरोध गरिएको कार्यालयका प्रशासकीय अधिकृत सूर्यलाल विकले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जननेता मदन भण्डारीको ७३औँ जन्मजयन्ती आज, विभिन्न कार्यक्रमको आयोजना गरिँदै
-
बजेट ल्याउन पालिकामा विवादै विवाद : १९ नगरपालिका र २९ गाउँपालिकाको समयमा आएन बजेट
-
सिन्धुपाल्चोकको हेलम्बु केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
बैङ्ककमा पर्यटन प्रवर्द्धन कार्यक्रम
-
म्याग्दीको मङ्गलामा ‘लिफ्ट’ प्रविधिबाट सिँचाइ आयोजना निर्माण
-
शीत भण्डार कतै निर्माणाधीन, कतै उपयोगविहीन