शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नर्भिकमा शनिबार निःशुल्क अर्थोपेडिक ओपीडी, ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीमा विषेश सहुलियत दिने

बिहीबार, १० भदौ २०७८, १३ : ४४
बिहीबार, १० भदौ २०७८

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत आउने शनिवार वरिष्ठ अर्थोपेडिक सर्जन डा. ऋषि विष्ट र अर्थोपेडिक्स तथा ट्रमा सर्जन डा. कुलदीप मंगल जोशी नेतृत्वको टिमले सेवा दिने भएको छ । 
नर्भिकमा कार्यरत वरिष्ठ अर्थोपेडिक सर्जन डा. बिष्ट र ट्रमा सर्जन डा. जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । 

नर्भिकले आउने शनिवारदेखि नै सहुलियत दरमा घुँडा, तथा शरीरका अन्य जोर्नीसँग सम्बन्धित शल्यक्रिया (ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरी) समेत सुरु हुने घोषणा गरेको छ । शनिबारको निःशुल्क ओपीडीमा आउने बिरामीहरुले समेत ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीका लागि नाम टिपाउन सक्ने व्यवस्था मिलाइएको अस्पतालले जनाएको छ ।  

अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्रले निकै सहुलियत दरमा ज्वाइन्ट रिप्लेसमेन्ट सर्जरीको सेवा उपलब्ध गराइने जानकारी दिए । 

नर्भिकले विगत केही साताअघिदेखि आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत प्रत्येक शनिवार कुनै न कुनै विशेषज्ञ चिकित्सकद्वारा निःशुल्क ओपीडी सेवा दिने जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप