बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

टर्कीले अफगानिस्तानबाट आफ्नो सैनिक फिर्ता बोलायो

बिहीबार, १० भदौ २०७८, १३ : ४३
बिहीबार, १० भदौ २०७८

टर्कीले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता बोलाउन सुरु गरेको घोषणा गरेको छ । 

नेटोको हिस्साको रुपमा अफगानिस्तानमा टर्कीका ५०० भन्दा बढी सैनिक तैनाथ थिए । 

यसअघि काबुल विमानस्थल चलाउनका लागि ३१ अगस्टपछि टर्कीको सैन्य उपस्थिति रहने अनुमान लगाइएको थियो । 

समाचार एजेन्सी एएफपीका अनुसार टर्कीका राष्ट्रपति रेचेप तैय्यप अर्दोआनले बुधबार अफगानिस्तानमा स्थिरताको आवश्यकता भएको बताएका छन् । 

उनका अनुसार टर्की यो लक्ष्य हासिल गर्नका लागि अफगानिस्तानमा सबै पक्षसँग निकट छलफल जारी राख्नेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप