ट्राफिक जनचेतना जगाउने कार्यमा ट्राफिक प्रहरीलाई सघाउँदै अटोमोबाइल व्यवसायी
काठमाडौं । राजधानी काठमाडौंको ट्राफिक व्यवस्थापनमा अटोमोबाइल व्यवसायीहरुको संघ ‘नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपाल’ले सहयोग गर्ने भएको छ । नडाका अध्यक्ष कृष्णप्रसाद दुलाल नेतृत्वको टोलीले महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहयोगबारे छलफल गरेको हो ।
महाशाखाले अगाडी बढाइरहेको ट्राफिक जन चेतनामूलक कार्यक्रमहरु लगायत सवारी नियमहरूको पालना तथा नो हर्न कार्यक्रमलाई समेत सहयोग गर्ने विषयमा छलफल गरेको नाडाले जनाएको छ । नाडाले विगत डेढ दशक अघिदेखि महाशाखालाई भौतिक रुपमा समेत सहयोग पु¥याउँदै आइरहेको र राजधानीको ट्राफिक व्यवस्थापनका कार्यहरुमा समेत सहयोग गर्दै आएको जनाएको छ ।
छलफलमा उपाध्यक्ष करण कुमार चौधरी, महासचिव सुनिल रिजाल, सचिव अनुप कुमार बराल, सह कोषाध्यक्ष विक्रम सिंहानिया तथा एसोसिएशन सचिव सुरेन्द्र प्रधान समेतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी