आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हमलाको चेतावनीपछि पनि काबुल विमानस्थलमा भारी भीड : देशबाट बाहिरिन मर्नसमेत तयार

बिहीबार, १० भदौ २०७८, १२ : ३६
बिहीबार, १० भदौ २०७८

अफगानिस्तानमा काबुल विमानस्थलबाहिर हमलाको खतरा भएको भन्दै चेतावनी जारी गरिएको छ तर यसले विमानस्थलबाहिर जम्मा हुने भीडमाथि कुनै असर देखिएको छैन । 

एकातिर जहाँ काबुल विमानस्थलमा तैनाथ पश्चिमी देशका सैनिक त्यहाँ भीड नियन्त्रित गर्ने कोसिस गरिरहेका छन् भने अर्कोतर्फ तालिबान लडाकू विमानस्थल बाहिर सुरक्षाको निगरानी गरिरहेका छन् जहाँ हज्जारौंको संख्यामा मानिसहरु अहिले पनि उपस्थित छन् । 

यद्यपि, तालिबानले अफगान नागरिकलाई हवाई अड्डामा जान नदिने बताएको थियो । 

विमानस्थलमा काम गरिरहेका एक अफगान नागरिक उड्डयन अधिकारीका अनुसार निर्देशनपश्चात् पनि मानिसहरु अहिले पनि विमानस्थलसम्म पुग्ने कोसिस गरिरहेका छन् । 

उनले समाचार एजेन्सी रोयटर्ससँग भने, ‘कुनै पनि आत्मघाती हमलाका लागि भीडभाडयुक्त स्थानामा हमला गर्न निकै सजिलो हुन्छ र मानिसहरुलाई बारम्बार यसका लागि चेतावनी पनि दिइएको छ ।’

तर अधिकारीका अनुसार मानिसहरु त्यहाँबाट जानका लागि तयार नै छैनन् । उनले भने, ‘उनीहरु यो देशबाट बाहिर निस्कन चाह्नछन् र यसका लागि उनीहरु आफ्नो ज्यान दिनका लागि पनि तयार छन् । सबैजना आफ्नो ज्यानसँग खेलिरहेका छन् ।’

नेटोका एक कूटनीतिज्ञले समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीमा तालिबानले विमानस्थल बाहिर सुरक्षा प्रदान गर्ने जिम्मेवारी लिएको छ तर आफूलाई इस्लामिक स्टेट बताउने चरमपन्थी संगठनका कारण पैदा भएको खतरालाई नजरअन्दाज गर्न सकिँदैन । 

एक अन्य अधिकारीले मानिसहरुलाई काबुलबाट बाहर निकाल्ने काम ढिलो भएको तर बिहिबार यो तेज हुने आशा गरिएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप