बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

गर्भ बस्न गाह्रो भइरहेको छ ? यी प्रभावकारी तरिकाले बढाउनुहोस् प्रजनन क्षमता

बिहीबार, १० भदौ २०७८, १० : ५३
बिहीबार, १० भदौ २०७८

हरेक विवाहित जोडी एक समयपछि परिवारलाई अघि बढाउने योजना बनाउने गर्छन् । यद्यपि, यो सबैका लागि त्यति सहज हुँदैन । कहिलेकाँही गर्भवती हुन धेरै नै समय पनि लाग्ने गर्छ । विशेषज्ञका अनुसार यदि तपाईं बच्चाको योजना बुनिरहनुभएको छ भने फर्टाइल डेज र स्वस्थ तौलदेखि केही सप्लिमेन्टको आवश्यक छ । यसका साथै प्रजनन क्षमता बढाउनका लागि सही खानपिनको पनि आवश्यकता पर्छ ।

विभिन्न अनुसन्धानमा खाना र प्रजननबीच एक विशेष सम्बन्ध पाइएको छ । नेशनल सेन्टर फर बायोटेक्नोलोजी इन्फर्मेशनमा छापिएको एक लेख अनुसार ‘अनस्याचुरेटेड फ्याट, सागसब्जी र माछाले महिला र पुरुष दुबैको प्रजननमा सुधार ल्याउन सक्छ । जबकी मद्यपान, क्याफिन, स्याचुरेटेड फ्याट र सुगर महिला र पुरुषको खराब फर्टिलिटीसँग जोडिएको छ । मुम्बईको नोवा आइभीएफ फर्टिलिटीकी क्लिनिकल निर्देशक डाक्टर ऋचा जगतापले हिन्दुस्तान टाइम्सलाई केही तरिकाबारे जानकारी दिएकी छिन् जसका कारण  गर्भावस्थाको सम्भावना बढाउन सकिन्छ । 

ताजा फलफूल र सागसब्जीः

चुकन्दर, क्याप्सिकमजस्ता ताजा फलफूल र सागसब्जी प्रजनन क्षमता बढाउन निकै प्रभावकारी मानिन्छ । अमिलो फलफूल, हरिया पत्तेदार सागसब्जीमा फोलिक एसिड पाइन्छ । यसले प्रजनन क्षमता बढाउनका साथै बच्चाको विकास राम्रोसँग गर्ने गर्छ । यसको सेवनले तनाव कम हुन्छ जुन गर्भावस्थाका लागि अत्यावश्यक मानिन्छ । 

प्रोटिनको मात्रा बढाउनुहोस्ः

डाक्टरका अनुसार आफ्नो खानामा हाई प्रोटिनको मात्रा बढाउनुहोस् । यसका लागि अंकुरित मुंग, सोयाबिन, पनिर, दाल, गेडागुडी, अण्डाको सेतो भाग, माछा र कुखुराको मासु खाने कोसिस गर्नुहोस् । यो सन्तुलित भोजनले जोडीको सबै आवश्यकता जस्तै भिटामिन, एन्टीअक्सिडेन्ट र मिनरल्स प्राकृतिक रुपमा पाइने गर्छ । 

ड्राई फ्रुट्सः

बच्चाको योजना बनाइरहेका जोडीले हरेक दिन ड्राई फ्रुट्सको सेवन गर्नुपर्छ किनभने यो एन्टिअक्सिडेन्टले भरपुर हुन्छ । यसले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकललाई कम गर्छ । यो केमिकल एग्स र स्पर्मसँग जोडिएर खराब गरिदिने गर्छ । एन्टिअक्सिडेन्टले शरीरमा रिएक्टिभ अक्सिजन स्पेसीज केमिकलको मात्रा कम हुने गर्छ । 

थोरै थोरै खाना खानुहोस्ः

खराब प्रजननको समस्यासँग जुधिरहेका मानिसहरुलाई तौल कम गर्न सल्लाह दिइन्छ । यहाँसम्म कि ५ प्रतिशत तौल कम गर्दा पनि ओभुलेशन साइकलमा मद्दत गर्छ । डाक्टरका अनुसार प्रजनन क्षमता बढाउनका लागि तीनपटक खानुको साटो ५–६ पटक थोरै थोरै खाना खानुपर्छ । 

यसबाहेक हरेक दिन जोडीले ३०–४५ मिनेट व्यायाम गर्नुपर्छ । धेरै पानी पिउनुपर्छ र यदि तपाईंको शरीरमा भिटामिन डीको कमी छ भने डाक्टरको सल्लाहमा यसको सप्लिमेन्ट पनि लिन सक्नुहुन्छ । 

सुगरको मात्रा नियन्त्रण गर्नुहोस्ः

यदि बच्चाको योजना बनाइरहनुभएको छ भने आफ्नो सुगरको स्तरमा लगातार निगरानी राख्नुहोस् । सुगर लेभल बढ्दा र मधुमेहका कारण स्पर्मको गुणस्तमा कमी हुन्छ । यदि तपाईंको सुगरको स्तर धेरैजसो बढिरहन्छ भने यसलाई हिँडेर, खाना र औषधीमार्फत् नियन्त्रण गर्ने कोसिस गर्नुहोस् । यसले तपाईंको प्रजनन क्षमता पुनः बढ्नेछ । 

यी चिजबाट टाढै रहनुहोस्ः

डाइटमा केही आवश्यक चीज समावेश गर्नुका साथै केही कुराबाट टाढै पनि बस्नुपर्छ । रातो मासु, चिज, तारेका खानेकुरा, घ्यू र उच्च कोलेस्ट्रोलयुक्त खानाबाट टाढै बस्नुहोस् । मैदा र चिनीको पनि सेवन नगर्नुहो् । धुम्रपान र मद्यपान पनि बन्द गर्नुहोस् । रोटी बनाउनका लागि मल्टीग्रेन आँटाको प्रयोग गर्नुहोस् । 


 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप