शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले बैठकका तीन एजेण्डा, पार्टी छाडेकालाई कारबाहीदेखि विधान महाधिवेशनसम्म

बिहीबार, १० भदौ २०७८, १० : ४९
बिहीबार, १० भदौ २०७८

नेकपा एमालेको बिहीबार बस्ने केन्द्रीय कमिटी बैठक तीनवटा एजेण्डामा केन्द्रीत हुने भएको छ । पूर्व प्रधानमन्त्री समेत रहेका माधवकुमार नेपाल पार्टीबाट बाहिरिएपछि एमाले केन्द्रीय समिति बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो ।

ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा मध्यान्ह १२ बजे बस्नेगरी बोलाइएको बैठकका तीनवटा एजेण्डा तय गरेको एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार पहिलो एजेण्डा १० बुँदे कार्यान्वयन प्रस्ताव सम्बन्धि स्थायी कमिटीको निर्णय अनुमोदन गर्ने रहेको छ । त्यस्तै पार्टी सदस्यता बितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशनबारे बैठकको दोस्रो एजेण्डा छ ।

बैठकको तेस्रो एजेण्डाका रुपमा पार्टी विभाजनको पक्षमा उभिएका केन्द्रीय सदस्यहरुको कारवाही प्रक्रिया अघि बढाउने रहेको छ । बुधबार मात्रै एमालेबाट छुट्टिएर नेता माधव नेपालले नेकपा एकीकृत समाजवादी पार्टीका रुपमा निर्वाचन आयोगमा नयाँ दल दर्ता गरेका थिए ।

नेता नेपालले नयाँ दल गठन गर्दा ३० सांसदसहित ५५ जना केन्द्रीय सदस्य एमालेबाट लगेका थिए । उनीहरु सवैलाई आजको बैठकबाट एमालेले कारवाहीको प्रक्रिया अघि बढाउने तयारी छ ।

‘प्रक्रिया पुर्याउन आज बैठकले निर्णय गरेर स्पस्टिकरण सोध्छ, त्यसपछि कारवाही हुन्छ’, एमालेका एक स्थायी समिति सदस्यको भनाइ छ । यो कारवाहीमा माधव नेपालको पार्टीमा सनाखत नगरेका तर सो पार्टी नजिक रहेका केही केही संघीय सांसदसहित प्रदेश सांसद समेत पर्ने भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप