शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खाली पेटमा खानै नहुने खानेकुरा

बिहीबार, १० भदौ २०७८, ०९ : २५
बिहीबार, १० भदौ २०७८

निरोगी रहनका लागि खानेकुरामा ध्यान दिन जरुरी छ । स्वस्थ जीवनशैली र खानपानमा ध्यान दिँदा धेरै रोगहरुबाट बच्न सकिन्छ । 

तर, खानेकुरा खाँदा बारम्बार गरिने गल्तिहरुका कारण विभिन्न प्रकारका रोगहरुले सताउने गर्छ । खानेकुरा खाने निश्चित समय हुन्छ । खानेकुरालाई कुन समयमा सेवन गर्दा यसले सकारात्मक असर गर्छ भन्ने कुरालाई ध्यान दिन आवश्यक छ ।

यस्तै, केही खानेकुराहरु खाली पेटमा खाँदा नकारात्मक असर पुग्छ । 

अम्बा
बिहान खाली पेटमा अम्बाको सेवन स्वास्थ्यका लागि फाइदाजनक मानिदैन । खाली पेटमा अम्बा खाँदा पेटमा ग्यास पैदा हुन्छ । यसकारण पेट फुल्ने समस्या पैदा हुन्छ । खाली पेटमा अम्बा खाँदा कहिलेकाँही पेट दुख्ने समस्या पनि आउँछ । 

टमाटर
खाली पेटमा टमाटरको सेवनले पेटमा एसिडिटी पैदा हुन्छ । बिहान बिहानै खाली पेटमा टमाटर खाँदा पेट पोल्ने, ग्यास पैदा हुने र पेट दुख्ने समस्या पनि आउँछ ।

अमिलो फलफूल
खाली पेटमा अमिलो फलफूलको सेवन घातक मानिन्छ । यस्ता फलफूलहरुमा सुन्तला, मौसम र अन्य फलहरु पर्दछन् । यसले पाचनतन्त्रमा असर गर्छ र स्वास्थ्य बिगार्छ ।

चिया 
खाली पेटमा चिया पिउनु पनि स्वास्थ्यका लागि नराम्रो मानिन्छ । यसले पेटमा ग्यास पैदा गर्छ भने पेट दुख्ने समस्या पनि गराउँछ । खाली पेटमा चिया पिउँदा दिनभर थकान र निन्द्रा लाग्ने गर्छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप