बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

'एमबाप्पेका लागि पिएसजी २२ करोड चाहन्छ'

बिहीबार, १० भदौ २०७८, ०८ : ३५
बिहीबार, १० भदौ २०७८

पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दोले १६ करोड युरोमा कालियन एमबाप्पेलाई बेच्न नसकिने टिप्पणी गरेका छन् । यसअघि रियल म्याड्रिडले एमबाप्पेका लागि १६ करोड प्रस्ताव गरेको थियो । 

तर, केही शर्तहरु पूरा भएमा उनलाई बेच्न सकिने पनि संकेत गरेका छन् । जसअनुसार २२ करोड पाउने अवस्था निम्तिएमा पिएसजीले बाप्पेलाई बेच्नसक्ने स्पेनिस वेवसाइट मार्काले जनाएको छ । 

लियोनार्दोका अनुसार चार वर्षअघि मोनाकोबाट एमबाप्पेलाई भित्र्याउँदा पिएसजीले १६ करोडभन्दा धेरै खर्चने प्रतिवद्धता जनाएको थियो । पिएसजीले १४ करोड ५० लाख युरो स्थानान्तरणका लागि तिरेको थियो । त्यसैगरी, बाप्पेलाई बेच्ने वा नवीकरण गर्ने अवस्थामा उसले ३ करोड ५० लाख तिर्ने जनाएको थियो । 

यस रकमलाई असुली गर्नका लागि पिएसजीले कम्तिमा एमबाप्पेलाई २२ करोडमा बेच्नुपर्नेछ । यो रकम सन् २०१७ मा नेइमारले बार्सिलोनाका लागि तिरेको रकमभन्दा २० लाखले मात्र कम हो । यसअघि  नेइमारलाई पिएसजीले २२ करोड २० लाख युरोमा किनेको थियो, जो विश्व फुटबलकै उच्च स्थानान्तरण रकम हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप