आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको निर्माण सुरु

बिहीबार, १० भदौ २०७८, ०७ : ३८
बिहीबार, १० भदौ २०७८

कर्णालीकै पहिलो जडीबुटी प्रशोधन केन्द्रको यहाँ निर्माण सुरु गरिएको छ । करिब रु आठ करोड लगानीमा सरकारी स्वामित्वको प्रशोधन केन्द्रको निर्माण कार्य सुरु गरिएको जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडका महाप्रबन्धक ज्ञानेश्वर कार्कीले जानकारी दिए । 

भेरी नगरपालिका–३ को राताचौरमा निर्माण सुरु गरिएको यो प्रशोधन केन्द्र कर्णाली प्रदेशकै पहिलो रहेको उनले बताए । 

बुधबार भवनको औपचारिकरुपमा पूर्वमन्त्री शक्तिबहादुर बस्नेतले शिलान्यास गरे । जडीबुटी तथा पर्यटन र खनिजको राम्रो सम्भावना रहेको कर्णालीमा यो केन्द्र स्थापनासँगै सर्वसाधारण जडीबुटीको बजार घर नजिकै आएको भन्दै खुशी भएका छन् । 

केन्द्रमा एक वर्षमा रु १० करोड बराबरको कारोबार हुने बताइएको छ । विसं २०७९ जेठ ११ गतेभित्र भवन निर्माण कार्य सम्पन्न गर्ने गरे ज्ञानज्योति बिल्र्डस प्रालि काठमाडौँले निर्माणको जिम्मा लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप