मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

संसद्को स्थिरताका लागि अध्यादेश ल्याइएको हो : मन्त्री कार्की

बुधबार, ०९ भदौ २०७८, २३ : २०
बुधबार, ०९ भदौ २०७८

सरकारले ल्याएको अध्यादेश संसद्को स्थिरताका लागि भएको सरकारका प्रवक्ता तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले बताएका छन्

सुनसरीको कोशी गाउँपालिका–३ स्थित जङ्गली जनावरबाट पीडित भएकासँग आज छलफल गर्दै मन्त्री कार्कीले अध्यादेश संसद्को स्थिरताका भएको दावी गरे । उनले भने, “सरकारले ल्याएको अध्यादेश कुनै पार्टी फुटाउन नभई संसद्को स्थिरताका लागि हो, यो बाध्यात्मक अवस्थाको उपज हो ।”

गठबन्धनको संस्कृतिलाई बलियो बनाएर लैजाने विषयमा छलफल जारी रहेकाले सरकार विस्तारमा ढिलाइ भएको बताउँदै प्रवक्ता कार्कीले वर्तमान सरकारले छिट्टै पूर्णता पाउने विश्वास दिलाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप