ज्यान मुद्दामा १९ वर्ष कैद तोकिएका फरार प्रतिवादी पक्राउ
बुधबार, ०९ भदौ २०७८, २१ : ३६
कर्तव्य ज्यान मुद्दामा १९ वर्ष ६ महिना १२ दिन कैद तोकिएका फरार प्रतिवादीलाई प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरेको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–१४ घर भएका ७५ वर्षीय यमप्रसाद पौडेललाई बुधवार जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
२०५४ कार्तिकमा जिल्ला अदालत स्याङजाले यम प्रसाद पौडेललाई कैद सजाय हुने फैसला गरेको थियो । फैसलापछि उनि २३ वर्षसम्म लुकिछिपी बसेका थिए । पक्राउ गरेर उनलाई जिल्ला अदालतमा उपस्थित गराइएको र अदालतको आदेशले यम प्रसादलाई कारागार चलान गरिएको स्याङ्जाका प्रहरी उपरिक्षक (एसपी) होविन्द्र बोगटीले रातोपाटीलाई बताए ।