शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेश लोकसेवा आयोगले बुझायो वार्षिक प्रतिवेदन

बुधबार, ०९ भदौ २०७८, २० : ३६
बुधबार, ०९ भदौ २०७८

लुम्बिनी प्रदेश लोकसेवा आयोगले प्रदेश प्रमुख समक्ष वार्षिक प्रतिवेदन बुझाएको छ । प्रदेश लोकसेवा आयोगका अध्यक्ष डिलाराम भट्टराईले प्रदेश प्रमुख अमिक शेरचनलाई बुधबार आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन बुझाएका हुन् । सो अवसरमा प्रदेश लोकसेवा आयोगका सदस्य बाबुराम गौतम, आयोगका सचिव शंकर आचार्य, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लगायतको उपस्थिति थियो ।

कार्यक्रममा आयोग अध्यक्ष भटराईले लोकसेवा आयोगले वर्षभरि गरेका काम, प्रतिवेदनमा रहेका विषयबारे संक्षिप्त जानकारी गराएका थिए । आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र वार्षिक प्रतिवदेन बुझाउनु पर्ने संवैधानिक प्रावधान छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप