कास्कीमा पुनः निषेधाज्ञा थपियो, सवारी साधनमा जोरबिजोर यथावत
कास्कीमा एक साताका लागि निषेधाज्ञा लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना महामारी नियन्त्रणका लागि गत वैशाख १५ देखि लगाएको निषेधाज्ञा कोरोना संक्रमण क्रमिकरुपमा वृद्धि भएको भन्दै भाद्र १८ गते राति १२ बजेसम्म थप गरेको हो ।
यसअघि प्रशासनले भाद्र ३ गते जारी गरिएको निषेधाज्ञा आदेशलाई पुनः निरन्तरता दिएको हो । प्रशासनले कोभिड १९ को संक्रमण र मृत्युदर बढ्दै गएका कारण यसअघि जारी गरिएको निषेधाज्ञा आदेशलाई भाद्र १५ गतेसम्म निरन्तरता दिने निर्णय गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जानकारी दिए ।
प्रशासनले यस अघि पोखरा क्षेत्रमा कोरोना संक्रमण अपेक्षाकृत नियन्त्रणमा आइनसकेको भन्दै विभिन्न सेवा खुकुलो पारेर निषेधाज्ञाको अवधि थप गरेको थियो । प्रशासनले यस अघि कास्कीमा कोरोना संक्रमण बृद्धि भएपछि जिल्लामा चल्ने निजी तथा सार्वजनिक सवारीमा जोर बिजोर प्रणाली लागू गरेको थियो। आज पुनः जारी निषेधज्ञामा निजी तथा सार्वजनिक सवारीहरूमा जोरबिजोर प्रणाली कायम राखिएको छ ।
प्रशासनले निश्चित संख्यामा यातायात व्यवसायी संस्थाको सिफारिसमा जिल्ला प्रशासनबाट पास लिएर लामोदुरीका सवारी साधनहरु सञ्चालन गर्न दिने निर्णयलाइ निरन्तरता दिएको छ । ब्यवसायीले सवारीका साधन सञ्चालन गर्दा सीट क्षमता बन्दा बढी यात्रु बोक्न भने पाइने छैन । बसका चालक तथा सहचालकले अनिवार्य मास्क, फेससिल्ड प्रयोग गर्नुपर्ने छ भने यात्रुले मास्क अनिवार्य रुपमा लगाउनु पर्नेछ ।
त्यसैगरी मठमन्दिर, मस्जिद, गुम्बा, चर्चहरु स्वास्थ्य मापदण्ड पूरा गरि सञ्चालन हुदै आएकामा निरन्तरता दिने भएको छ । कास्की भित्र चल्ने निजी सवारीसाधन र ट्याकसीको हकमा चालकसहित बढीमा ४ जना सवार रही स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाएर जोरबिजोर प्रणाली अन्तरगत संचालन गर्न पाइने छ । त्यस्तै मोटरसाइकल तथा स्कुटरले पनि मापदण्ड अपनाएर जोरबिजोर प्रणाली अनुसार संचालन हुन पाउने छन् ।
यस्तै विश्वविद्यालय, क्याम्पस एवं माध्यमिक विद्यालयहरूले पूर्व निर्धारित परीक्षाहरु संचालन सम्बन्धमा अपनाउनुपर्ने सावधानीका उपायहरु कडाईका साथ पालना गरी पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पालना गरी अनलाईन प्रविधिबाट संचालन गर्न सक्ने छन्।
यस्तै होटल तथा रेस्टुरेन्टहरुले अनलाइन डेलिभरी राति ८ बजेसम्म मापदण्ड अपनाएर संचालन गर्न पाउने छन्। होटलमा बास बस्न आउने पाहुनालाई बेड क्षमताको ५० प्रतिशतसम्म रहने गरी खान बस्नको प्रवन्ध गर्न सक्नेछन् । तर, एका घरका परिवार बाहेक १ कोठामा १ जना भन्दा बढी व्यक्ति राख्न पाइने छैन ।
पूर्व निर्धारित विवाह कार्यक्रम तोकिएको स्वास्थ्य मापदण्ड पालना गरी २५ जना भन्दा बढी व्यक्ति सहभागि गराउन नपाइने उल्लेख छ । तोकिएका पसलहरु बाहेक अन्य सबै खालका पसल तथा व्यवसाय बिहान ५ देखि राति ८ बजेसम्म खोल्न पाइनेछ ।
प्रशासनले सिनेमा हल, पार्टी प्यालेस, होटल, रेष्टुरेन्ट, नाँचघर, क्लब, डान्सबार, दोहोरी साँझ, फनपार्क, रंगशाला, फुटसल, खेलकुद स्थल, जिमखाना, फिटनेस सेन्टर,स्पा, स्वीमिङ पुल, फुटपाथ पसल लगायतका ब्यवसाय खोल्न निषेध गरेको छ ।
त्यसैगरी सभा, सम्मेलन, बैठक,तालिम सेमिनार, मानिस जम्मा हुने वा भीडभाड हुने लगायतका कार्य संचालन गर्न समेत रोक लगाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीले दैनिक ११७ जना मानिस पक्राउ गर्छ
-
सरकारले निजी लगानीलाई प्रोत्साहन गरिरहेको छ : अर्थमन्त्री पौडेल
-
रुसले किन दियो अफगानिस्तानमा तालिवानलाई मान्यता ?
-
एनपीएल फाइनलसम्म सुदूरपश्चिम रोयल्सकाे उडान, तस्बिरहरू
-
चार महिनामा प्रहरीको १४ वटा कार्यालय भवन तयार, ४२१ कार्यालय ‘आश्रित’
-
इरानले रोक्यो हिजब कानुनको कार्यान्वयन