सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बैंकहरुको कर्जाको माग ह्वातै बढ्यो, निक्षेप भने बढ्न सकेन

बुधबार, ०९ भदौ २०७८, १८ : ५५
बुधबार, ०९ भदौ २०७८

पछिल्लो समय बैंकिङ्ग कर्जाको माग ह्वातै बढेको छ । नेपाल बैंकर्स संघका अनुसार अघिल्लो महिनाको तुलनामा यो महिनाको पहिलो हप्ता नै वाणिज्य बैंकहरुको कर्जा मागमा १४ अर्बले बढेको हो । 

गत साउन ३२ गतेसम्म २७ वाणिज्य बैंकहरुले कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा लगानी गरेकामा भदौ ४ गतेसम्म बैंकहरुको कर्जा लगानी बढेर ३७ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको हो । जुन गत महिनाको भन्दा १४ अर्बले बढी हो ।  

यता कर्जाको माग बढिरहँदा उता बैंकहरुको निक्षेप संकलनमा भने अपेक्षित सुधार आउन सकेको छैन । उल्टो समीक्षा अवधिमा बैंकहरुको निक्षेप ६ अर्बले घट्न पुगेको बैंकर्स संघले जनाएको छ ।

गत साउन ३२ गतेसम्म ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका बैंकहरुले भदौ ४ सम्म ६ अर्बले निक्षेप गुमाउँदै ४१ खर्ब १७ अर्ब रुपैयाँ मात्र संकलन गर्न सकेका छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप