फुटबल संघभित्रको विवाद : छानविन समितिले बुझायो प्रतिवेदन
राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “विवाद समाधान छानविन समिति” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघभित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको साउन १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
सो समितिको सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क., कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल गरि ७ सदस्य रहेका थिए । परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएका थिए ।
प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको विस्तृत अध्ययन पश्चातमात्र यथार्थ स्थितिका बारेमा बताउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले दिइन् राजीनामा
-
५२ संवैधानिक नियुक्तिविरुद्धको रिट आज पनि हेर्दाहेर्दैमा
-
जलवायु परिवर्तनको असरलाई न्युनिकरण गर्ने विषयमा सरकार गम्भीर : वनमन्त्री
-
कार्यविभाजनपछि पहिलो पटक माओवादी स्कुल विभागको बैठक, के–के भयो छलफल ?
-
अब कसरी निर्वाचित हुन्छन् नयाँ पोप ?
-
बोलेरो गाडीमा आगलागी हुँदा ४ जनाको जलेर मृत्यु