फुटबल संघभित्रको विवाद : छानविन समितिले बुझायो प्रतिवेदन
राष्ट्रिय खेलकुद परिषद्ले फुटबल संघ भित्रको बिवाद समाधानका लागि परिषद्का सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा गठित “विवाद समाधान छानविन समिति” ले राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश कुमार सिलवाललाई आफ्नो प्रतिवेदन बुधवार बुझाएको छ ।
युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघको वर्तमान अवस्थामा संघभित्र भएको बिवाद समाधानका लागि छानविन समिति गठन गर्न अनुरोध भएकोमा राखेपको कार्यकारी समितिको साउन १९ गतेको निर्णयानुसार सदस्य पुरेन्द्र विक्रम लाखेको संयोजकत्वमा समिति गठन गरिएको थियो ।
सो समितिको सदस्य रेणु श्रेष्ठ, सुवर्ण श्रेष्ठ, चन्द्रबदना राई, तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बि.क., कानुन शाखाका प्रमुख नारायण राज अर्याल र सचिवमा संघ संस्था समन्वय शाखाका प्रमुख सरोज पोखरेल गरि ७ सदस्य रहेका थिए । परिषद्का निमित्त सदस्य सचिव एकेन्द्र कुँवरले उक्त समितिलाई सत्य तथ्य सहित ७ दिन भित्र प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएका थिए ।
प्रतिवेदन बुझ्दै सदस्य सचिव सिलवालले प्रतिवेदनको विस्तृत अध्ययन पश्चातमात्र यथार्थ स्थितिका बारेमा बताउन सक्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
-
नयाँ प्रणालीबाट ८ हजारभन्दा बढी राहदानी छापियो, प्राविधिक समस्या समाधान भइरहेको दाबी
-
असममा मनसुनी बाढीको कहर : ५० जनाको मृत्यु, ७ लाखभन्दा बढी विस्थापित
-
हामीलाई सरकार चाहिएको छैन, प्रदेशको झमेला बाध्यताले आइलाग्यो: प्रचण्ड
-
बायर्न म्युनिखमै बस्लान् ह्यारी केन?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण