शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

हाम्रो फुटबल नेपाल र एन्फाबीच सहकार्य

बुधबार, ०९ भदौ २०७८, १७ : २७
बुधबार, ०९ भदौ २०७८

नेपाली फुटबल समर्थकहरूको संस्था ‘हाम्रो फुटबल नेपाल’ र एन्फाबीच सहिद स्मारक सि डिभिजन फुटबल छनोटका लागि सहकार्य भएको छ ।  एन्फा कम्प्लेक्स सातदोबाटोमा बुधबार एन्फा महासचिब इन्द्रमान तुलाधर र हाम्रो फुटबल नेपालका अध्यक्ष कृष्ण गुरुङले सहमतिपत्रमा हस्ताक्षर गरे । 

जसअनुसार छनोट प्रतियोगितामा हाम्रो फुटबल नेपालले एन्फालाई पाँच लाख बराबरको सामाग्री उपलब्ध गराउनेछ । प्रत्येक खेलका उत्कृष्ट खेलाडीलाई प्रदान गरिने प्लेयर अफ द म्याच ट्रफी यसमा समावेश छ । नेपाली फुटबल इतिहासमा समर्थकहरूको संस्थाले एन्फालाई यसरी प्रायोजन गरेको यो पहिलोपटक हो । 

यसअघि एन्फाका कार्यक्रममा प्रायः कर्पोरेट हाउसले नै प्रायोजन गर्ने गरेका थिए । हाम्रो नेपाली फुटबल क्लबका अध्यक्ष गुरुङले भविष्यमा पनि एन्फासँग यस्तै सहकार्य गर्ने बृहत्तर लक्ष्य रहेको बताए । त्यस्तै, एन्फा महासचिव तुलाधरले समर्थकहरूको संस्थासँग जोडिन पाउनु गौरवलाग्दो विषय रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप