काँग्रेसमा अहिले ठूलो विश्वासको संकट देखिएको छ : रामचन्द्र पौडेल
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपाली काँग्रेसको इतिहासमा अहिले ठूलो विश्वासको संकट आएको बताएका छन् । यसले पार्टीलाई बलियो नबनाउने बताउँदै नेता पौडेलले पारदर्शी ढंगले क्रियाशील सदस्यता वितरण गर्नुपर्नेमा जोड दिए ।
बुधबार पार्टी कार्यालय सानेपामा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग गर्दै जिल्ला सभापतिहरूले सुरु गरेको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै उनले पञ्चायत र माओवादी आन्दोलनमा विचलित नभएका कार्यकर्तालाई पाखा लगाएर क्रियाशील सदस्यता बाँडिएको भन्दै यसले दुःख लागेको बताए ।
उनले जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्नेमा समेत जोड दिए । उनले भने, जिल्ला सभापतिहरूको निर्वाचन विधान अनुसार हुनुपर्छ । केन्द्रीय समितिले यसमा ध्यान दिनुपर्छ। क्रियाशील सार्वजनिक भएपछि त्रुटि भए सच्याउनुपर्छ।’
पौडेलले संवैधानिक संकट टार्न पनि १८ गते चुनाव हुनै पर्नेमा जोड दिए । उनले भने, ‘वैधानिक संकटबाट बचाउनुपर्छ। हाम्रो पार्टीको संकटलाई निवारण गर्ने तर्फ एक भएर लागौं।’ बुधबारदेखि काँग्रेस केन्द्रीय कार्यालयमा क्रियाशील सदस्यता सूची सार्वजनिकीकरणको माग राख्दै जिल्ला काँग्रेस सभापतिहरूले रिले अनसन सुरु गरेका छन् । रिले अनसनमा नुवाकोट जिल्लाका सभापति जगदीश्वर नरसिंह केसी,धादिङ जिल्ला सभापति रमेश धमला, काभ्रे जिल्ला सभापति मधु आचार्य, नेविसंघका पूर्व केन्द्रीय अध्यक्ष रन्जित कर्ण, नेविसंघका पूर्व अध्यक्ष डिल्लीराम सुवेदी लगायतको उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण