शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

गृहमन्त्रीद्वारा भैरहवा विमानस्थलको प्रगतिबारे जानकारी

बुधबार, ०९ भदौ २०७८, १६ : ४३
बुधबार, ०९ भदौ २०७८

गृहमन्त्री बालकृष्ण खाँणले भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको प्रगतिबारे जानकारी लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव यादवप्रसाद कोइराला र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेललाई मन्त्रालयमा बोलाएर आज विमानस्थलको प्रगतिबारे जानकारी लिएका हुन् ।

मन्त्री खाँणको जिज्ञासामा सचिव कोइराला र महानिर्देशक पोखरेलले क्यालिवेशन फ्लाइटका लागि भारतलाई आग्रह गरिएको र भारतीय टोली आएर काम पूरा गरेपछि तीन महिनामा उद्घाटन गर्न सक्ने अवस्थामा पुग्ने जानकारी गराएका छन् । अन्य आवश्यक पर्ने भवन र भौतिक संरचना तयार भएका र फिनिसिङको काम भइरहेको जानकारी गराए ।

मन्त्री खाँडको भैरहवाबाट अन्तर्राष्ट्रिय उडान सुरुआत भएपछि आन्तरिक उडानमा कस्तो चाप पर्छ भन्ने जिज्ञासामा महानिर्देशक पोखरेलले खासै असर नगर्ने जानकारी गराएका हुन् । उनीहरुले विमानस्थल निर्माणको प्रगति, देखिएका समस्या, अन्तर्राष्ट्रिय उडान र अवतरणमा देखिने समस्या तथा राजनीतिक तहबाट समाधान गर्ने विषयबारे मन्त्री खाँणलाई अवगत गराएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप