शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चन्द्र ढकालले दिए धितोपत्र बोर्डबाट राजीनामा

बुधबार, ०९ भदौ २०७८, १६ : ०१
बुधबार, ०९ भदौ २०७८

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल धितोपत्र बोर्डको सञ्चालक समितिमा नबस्ने भएका छन् । उनले आज महासंघका अध्यक्षलाई पत्र लेख्दै बोर्डको सञ्चालक समितिको सदस्यमा नबस्ने जानकारी दिएको बताए । उनी महासंघको प्रतिनिधित्व गर्दै बोर्डको सञ्चालक बनेका थिए ।

रातोपाटीसँग बोल्दै उनले भने, ‘बोर्डमा नबस्ने बारेमा आज मैले महासंघलाई जानकारी दिएको छु । सायद महासंघले बोर्डलाई जानकारी दिइसकेको छ ।’ उनले महासंघको उपाध्यक्ष बस्नु अगाडि गरेको कारोबारको विषयलाई उचालेको भन्दै गुनासो पनि पोखे ।

‘यसअघि, महासंघका वरिष्ठ उपाध्यक्षको हैसियतले शेखरजी पनि बोर्डमा बस्नुभएको थियो । त्यही भएर यो पटक म बसेको हुँ’ उनले भने, ‘महासंघमा आउनु अगाडिको विषय यत्रो उचालिन्छ । व्यवसायी भएपछि भोलिका दिनमा अन्य कारोबार पनि गर्नुपर्छ । त्यसैले नबस्ने निर्णय गरेको हुँ ।’

खासगरी, उनी सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएका थिए । ढकालले सेयर खरिद गरेको विषय उठेपछि महासंघले एक विज्ञप्ति जारी गर्दै ढकाल वरिष्ठ उपाध्यक्ष बन्नु अगाडि नै सेयर खरिद भइसकेको जानकारी दिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप