बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

राताम्मे बन्यो सेयर बजार, नेप्से परिसूचक ३ हजार ७६ बिन्दुमा झर्यो

बुधबार, ०९ भदौ २०७८, १५ : २६
बुधबार, ०९ भदौ २०७८

बुधबार सेयर बजार परिसूचक नेप्सेमा पहिरो गएको छ । गत मङ्गलबार ५६.०३ अङ्कले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको नेप्से बुधबार थप ४८.४२ अङ्कले घटेर ३ हजार ७६.४४ विन्दुमा झरेको हो । 
यस दिन ‘क’ वर्गका ठूला कम्पनीहरुको सेन्सेटिभ इन्डेक्ससमेत ९.६७ अङ्कले घटेर ५६७.९९ विन्दुमा झरेको छ । 

यस दिन सबै उप–समूहहरु ऋणात्मक (नेगेटिभ) भएर सेयर बजार नै राताम्मे भएको छ । ४८.४२ अङ्कले घटेको बजारमा सबैभन्दा बढी यस दिन निर्जीवन बीमा कम्पनीका सेयर धनीले अधिकतम २.८४ प्रतिशतले गुमाएका छन् भने डेभलपमेन्ट बैंकका सेयर धनीहरुले २.८१ प्रतिशतले गुमाएका छन् । 

यस्तै, म्यानो एन्ड प्रोले २.२२ प्रतिशतले, जीवन बीमाले १.९६ प्रतिशतले, बैंक र होटल तथा पर्यटन समूहले समान १.४३ प्रतिशतले गुमाएका छन् । 

उच्च प्रतिफलमा आजपनि जीवन विकास लघुवित्त अग्रस्थानमा रहन सफल भएको छ । जीवन विकास लघुवित्तका सेयर धनीले आज पनि १० प्रतिशतले नाफा सुनिश्चित गरेका छन् भने कम्पनीको सेयर मूल्य बढेर ४ हजार ७२६ रुपैयाँ ३० पैसा पुगेको छ । 

एकै दिन ४८ अङ्क माथिले घटेको बजारमा कारोबार रकम भने गत दिनमा भन्दा यस दिन घट्न पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज कुल २२७ कम्पनीका १ करोड ९५ लाख ९९ हजार कित्ता सेयर १ लाख १८ हजार बढी पटक बजारमा किनबेच हुँदा १२ अर्ब ९ करोड २१ लाखको मात्र कारोबार भएको छ । जबकि गत मङ्गलबार ५६ अङ्कले घटेको बजारमा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप