‘काँडेतार’मा भित्रिए गौरव
नवल खड्को निर्देशन रहने फिल्म ‘काँडेतार’मा अभिनेता गौरव पहारी भित्रिएका छन् । निर्माता समेत रहेका खड्काले मंगलबार फिल्मको मुख्य भूमिकाको लागि पहारीलाई अनुबन्धित गरेका हुन् ।
निर्देशक खड्काको समेत मुख्य अभिनय रहने फिल्ममा रविन्द्र रञ्जन झा समेत रहनेछन् । केही अगाडि निर्माण घोषणा भएको फिल्म निर्देशनमा नवललाई शंकर कार्कीले सगाउनेछन् ।
नेपाल र भारतको सीमालाई व्यवस्थापन गर्नुपर्ने कथावस्तुमा निर्माण हुन लागेको फिल्म राष्ट्रभक्तिले ओतप्रोत हुने निर्देशक नवलले बताए ।
‘दुई मुलुकबीचको खुला सीमाको समस्या र समाधाको बिषय फिल्मले गहिरिएर देखाउने छ’ निर्देशक नवलले भने ‘फिल्मले दुबै देशलाई समस्या समाधानको बाटो समेत दिनेछ ।’ फिल्म कुनै देश बिरुद्ध नभएको जनाएका खड्काले भारतमा पनि फिल्म रिलिज हुने बताए ।
यसअघि राष्ट्रियताको बिषयमा दशगजा, भिमदत्त लगायत फिल्म बनाएका खड्काले डेढ करोड लागतमा फिल्म निर्माण गर्न लागेका हुन् । फिल्म छायाँकनका लागि अन्तिम तयारीमा जुटेका उनको सरकारले छायांकन अनुमति दिने बितिकै फ्लोरमा निस्कने तयारी रहेको छ ।
सामना फिल्मस् प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता