शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

वन्यजन्तुको आखेटोपहार सहित नागढुंगाबाट १ जना पक्राउ

बुधबार, ०९ भदौ २०७८, १३ : ४८
बुधबार, ०९ भदौ २०७८

काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ नागढुंगाबाट विभिन्न वन्यजन्तुको आखेटोपहार सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा पालुङटार नगरपालिका–५ घर भएका ६५ वर्षीय सोनाम तामाङ छन् ।
वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ५८६४ नम्बरको बसमा सवार सोनामको साथबाट प्रहरीले २ थान हुचिलको खुट्टा र दुईवटा हुचिलको पञ्जा बरामद गरेको छ ।

उनको साथबाट यकिन हुन नसकेको हड्डी, ४ सय ग्राम जंगली जनावरको सुकुटी,  तीनवटा शंख र टल्कने ढुंगा पनि बरामद गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीले शंख र ढुङ्गा थप अनुसन्धानको लागि पुरातत्व विभागमा पठाएको छ । बरामद आखेटोपहार सहित सोनामलाई डिभिजन वन कार्यालय हात्तिसारमा पाठाइएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप