सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

कर नतिर्नेको घर–घरमा बाजा बजाउँदै पुग्यो महानगर (फोटोफिचर)

बुधबार, ०९ भदौ २०७८, १३ : ३८
बुधबार, ०९ भदौ २०७८

काठमाडौं महानगरले कर नतिर्ने ठूला करदाताको घरघरमा गएर दबाब दिन थालेको छ । बुधबार घरजग्गा, सम्पत्ति लगायत व्यवसायिक कर नतिर्ने र अटेर गर्ने ठूला करदातालाई दबाब दिन महानगर बाजागाजासहित घरघरमा पुग्यो । बुधबार पहिलो चरणमा महानगरले काठमाडौंको न्यूरोड, खुसुबु नयाँ बजार, सोल्टीमोड लगायतका क्षेत्रमा पन्चेबाजासहित करदाताको घरदैलो गरेको हो । 

महानगरले २–३ वर्ष देखि २८ वर्षसम्मको घर/जग्गाको कर नतिर्ने ७० करदाताको घरदैलो कार्यक्रम सुरु गरेको जनाएको छ ।  ‘महानगरले पछिल्लो २–३ वर्षको दाखिलालाई छाडेर २८ वर्षसम्मको पुरानो कर उठाउन पहल गर्दैछ ।

यसैको दबाब स्वरुप आज ७० ठूला करदाताको घरदैलो कार्यक्रमको आयोजना गरिएको हो’ महानगरपालिकाको राजस्व विभागका प्रमुख शिव अधिकारीले रातोपाटीसँग भने, ‘यी ठूला करदाताहरूबाट महानगरले ६५ देखि ७० करोड माथिको राजस्व उठाउन बाँकी छ ।’

अधिकारीका अनुसार न्युरोडका तीन व्यवसायिक सपिङ कम्प्लेक्स (रञ्जना कम्प्लेक्स, आरबी कम्प्लेक्स र अर्को एक कम्प्लेक्ससहित खुस्बुको एक ह्वाइट फिल्ड स्कुल र सोल्टीमोडको होटल प्ल्याटिनियममा समेत आज महानगरको विशेष टोली बाजागाजासहित गएर कर तिर्न दवाव दिएको छ ।  यी व्यवसायिक कम्प्लेक्स तथा स्कुलहरुले ४–५ वर्ष देखि अधिकतम २८ वर्षसम्मको घर/जग्गा कर नतिरेको उनको भनाई छ । 

यी करदाताहरूलाई कर तिर्न ३० दिने सूचना जारी गरेर नाम सार्वजनिक गर्दा समेत अटेर गरेपछि महानगरपालिकाले दबाबपूर्ण कार्यक्रमको नयाँ रणनीति अपनाएको जनाएको छ । महानगरले गत असार १६ र साउन २४ गते करदातालाई करदाखिला गर्न आउन ३० दिने सार्वजनिक सूचना जारी गरेको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप