साउदी अरबले भारतका प्रवासी कामदारमाथि लागेको यात्रा प्रतिबन्ध हटायो

साउदी अरबले मंगलबार २० देशमा प्रवासी कामदारमाथि लगाएको यात्रा प्रतिबन्ध हटाएको छ ।
कोभिड–१९ को संक्रमण रोक्नका लागि साउदी अरबले फेब्रुअरी महिनामा यो प्रतिबन्ध लगाएको थियो । जुन २० देशमा प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, त्यसमा भारत पनि समावेश छ ।
साउदी अरबको गृहमन्त्रालयका अनुसार जुन २० देशका प्रवासी कामदारमाथि यात्रा प्रतिबन्ध हटाइयो, उनीहरु अब साउदी अरब जान सक्ने तर यसका लागि कोभिड भ्याक्सिनको दुबै डोज लगाउनुपर्छ ।
السماح بعودة المقيمين القادمين من الدول التي سبق تعليق القدوم منها، والذين استكملوا تلقي جرعتي لقاح كورونا داخل المملكة قبل مغادرتهم لها.#وزارة_الداخلية pic.twitter.com/6YRwTPBhMs
— وزارة الداخلية (@MOISaudiArabia) August 24, 2021
साउदी अरबले जुन २० देशको यात्रा प्रतिबन्ध हटायो ती हुन् – यूएई, लेबनान, इजिप्ट, भारत, अर्जेन्टिना, जर्मनी, अमेरिका, इन्डोनेशिया, आयरल्याण्ड, इटली, पाकिस्तान, ब्राजिल, पोर्चुगल, बेलायत, टर्की, दक्षिण अफ्रिका, स्वीडन, स्विटजरल्याण्ड, फ्रान्स र जापान हुन् ।
साउदी अरबले दुई फेब्रुअरीमा यी देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगाएको थियो । यद्यपि, यो प्रतिबन्धमा कूटनीतिज्ञ, स्वास्थ्यकर्मी र उनका परिवारका सदस्य समावेश थिएनन् । जुलाई महिनामा साउदीको गृह मन्त्रालयले आफ्ना नागरिकलाई कोभिड यात्राको दिशानिर्देश तोड्नेहरुमाथि तीन वर्षको यात्रा प्रतिबन्ध लगाइने बताएको थियो ।
साउदीका नागरिकमाथि पनि यी देशले यात्रा प्रतिबन्ध लगाएको थियो । साउदीले एक अगस्टदेखि कोभिड भ्याक्सिन लगाएका पर्यटकका लागि सीमा खोलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रदेश सभातिर धाएर के सन्देश दिन खोज्दैछन् प्रधानमन्त्री ?
-
अन्तिम खेलमा बेंगलुरुसँग पराजित भएपछि मुम्बई एलिमिनेटर खेल्न बाध्य, दिल्ली सिधै फाइनलमा
-
प्रदेश सभामा प्रधानमन्त्रीले सम्बोधन गर्नु संघीयताप्रतिको प्रतिबद्धता नै हो
-
पैतालीस कोठाको घैरुङ स्वास्थ्य चौकी निर्माण सम्पन्न
-
सामान्य कुरा भन्न प्रधानमन्त्री प्रदेश सभामा आइरहन पर्दैन
-
प्रदेशले गर्दै आएको गुनासोप्रति मौन रहे प्रधानमन्त्री