शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

तेह्रथुम पावर कम्पनी आईपीओ खुल्यो

बुधबार, ०९ भदौ २०७८, १२ : ५३
बुधबार, ०९ भदौ २०७८

आज बुधबारदेखि तेह्रथुम पावर कम्पनीले ८ लाख कित्ता प्राथमिक सेयर (आईपीओ) जारी गरेको छ । कुल ८ लाख कित्ता सेयर मध्ये कम्पनीले ४० हजार कित्ता म्युचुअल फन्डलाई छुट्याएर बाँकी रहेको ७ लाख ४४ हजार कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको हो ।
भदौ ९ (बुधबार) देखि १३ गतेसम्म जारी रहने कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम ६० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यस्तै तोकिएको अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा भदौ २३ गतेसम्म आवेदन खुल्ला गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको सेयर बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप