सानेपामा पौडेल पक्षीय जिल्ला सभापतिहरूको रिले अनशन सुरु
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका छन् । बुधबार विहान ११ बजेदेखि पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन सुरु गरेका हुन् । क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ ।
उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गरिने छ । सबैले हेर्न पाउने गरी पार्टीको वेबसाइटमै नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वर्तमान सरकारविरूद्ध चारैतिरबाट घेरा हालाैँ : प्रचण्ड
-
पश्चिम एसियाको द्वन्द्वबारे नेपालको धारणा यथावत, वार्ता र कूटनीतिबाट समाधानको आग्रह
-
धनुषामा गोली चल्याे, दुई जना पक्राउ
-
रवि लामिछानेको प्रस्तावित चीन भ्रमणबारे के भन्छ परराष्ट्र मन्त्रालय ?
-
विदेशीलाई खुसी पार्न गलत कुरा स्वीकार गर्ने प्रवृत्ति रोकौँ : पूर्वप्रधानमन्त्री नेपाल
-
नयाँ राजदूत नियुक्त गर्न नसकेको सरकार पुरानाको म्याद थपेर काम चलाउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण