महन्थ ठाकुरलगायतका नेताहरु सनाखतका लागि आयोगमा
महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरु मंगलबार आयोग पुगेका हुन् । निर्वाचन आयोगले सो पार्टीलाई आज सनाखतका लागि बोलाएअनुसार नेताहरु आयोग पुगेका हुन् ।
महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो भने उपेन्द्र यादवले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगको आग्रहअनुसार शुक्रबार ठाकुर समूहले पार्टीको नाम फेरेर पुनः निवेदन दिएका थिए । सो अघि पार्टीको नाम जसपा लोकतान्त्रिक राख्न खोजिएको थियो ।
नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने दुई जना वरिष्ठ नेता रहेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर ठाकुरको नेतृत्वमा नयाँ पार्टी बनेको हो। संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै जसपा विभाजित भएको हो । यस्तै एमाले पनि विभाजित भएर माधव नेपालले नयाँ पार्टी बनाएका छन् । नेपाल समूह पनि आजै सनाखतका लागि आयोग गएको छ ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
-
सांसदलाई स्वकीय सचिव दिने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण