बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

महन्थ ठाकुरलगायतका नेताहरु सनाखतका लागि आयोगमा

बुधबार, ०९ भदौ २०७८, १२ : १३
बुधबार, ०९ भदौ २०७८

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष ठाकुरसहितका नेताहरु मंगलबार आयोग पुगेका हुन् । निर्वाचन आयोगले सो पार्टीलाई आज सनाखतका लागि बोलाएअनुसार नेताहरु आयोग पुगेका हुन् । 

महन्थ ठाकुर समूहले बुधबार जसपा लोकतान्त्रिकको नाममा पार्टी दर्ताका लागि निवेदन दिएको थियो भने उपेन्द्र यादवले आफ्नो पार्टीको मिल्दाजुल्दो नाम महन्थ ठाकुरलाई नदिन माग गर्दै आयोगमा निवेदन दिएपछि आयोगको आग्रहअनुसार शुक्रबार ठाकुर समूहले पार्टीको नाम फेरेर पुनः निवेदन दिएका थिए । सो अघि पार्टीको नाम जसपा लोकतान्त्रिक राख्न खोजिएको थियो । 

नयाँ पार्टीमा ३१ जनाको कार्यकारिणी समिति सदस्य रहेका छन् भने दुई जना वरिष्ठ नेता रहेका छन् । 

उपेन्द्र यादव नेतृत्वको जसपाबाट फुटेर ठाकुरको नेतृत्वमा नयाँ पार्टी बनेको हो। संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी  अध्यादेश जारी भएसँगै जसपा  विभाजित भएको हो । यस्तै एमाले पनि विभाजित भएर माधव नेपालले नयाँ पार्टी बनाएका छन् । नेपाल समूह पनि आजै सनाखतका लागि आयोग गएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप