शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

पहिलो ट्रेन छुट्यो, दोस्रो ट्रेनमा आउनुस् : जगन्नाथ खतिवडा

नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले
बुधबार, ०९ भदौ २०७८, ११ : ४८
बुधबार, ०९ भदौ २०७८

पूर्व एमालेका दोस्रो तहका केही नेताहरु एकता भन्दै केपी ओली नेतृत्वको एमाले पार्टीमा गएपनि उनीहरु आफ्नो पार्टीमा फर्कने दावी गरेका छन् । दल दर्ताका लागि सनाखत गर्न निर्वाचन आयोग पुगेका खतिवडाले सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनीहरु चाँडै फर्केर आउने बताए हुन् ।

‘उहाँहरु अहिले भुलभुलैयामा लाग्नुभयो’ दोस्रो पुस्ताका तेस्रो धारमा रहेर पनि ओलीसँगै मिल्न गएका नेताहरूप्रति संकेत गर्दै खतिवडाले आफूहरुसँग उच्च नैतिक बल रहेको बताए । ‘हामीसँग उच्च राजनीतिक नैतिकता छ त्यो अठोटका साथ हामी अघि बढेका हौ । यदि ओलीले पार्टी एकता गर्न चाहन्थे भने हिजै एकता गर्न सक्थे । तर जव हामी आयोग आइसकेपछि नाटकका श्रृंखलाहरु भए ।’

उनले हिजो मात्रै एकताका नाममा एमालेमा गएका कुनैपनि नेताहरु त्याहाँ बस्न नसक्ने दावी पनि गरे । ‘उहाँहरु आफै फर्कनुहुन्छ । केपी ओलीसँग मिल्न सक्नुहुन्न । हिजोसम्म विरोध गर्दागर्दै मिल्नुभएको छ । त्यहाँ केही समय काम गर्नुहुन्छ । अनि हामीलाई नै सहयोग पुर्याउनुहुन्छ ।’

ओलीतिर लागेका नेताहरु फर्केर आए कुनै पूर्वाग्रह नराख्ने पनि खतिवडाले बताए । ‘पहिलो ट्रेन छुट्यो दोस्रो ट्रेनमा आउनुस्’ खतिवडाको भनाइ छ । नयाँ दल दर्ताका लागि नेताहरु नागरिकतासहित आयोग पुगेर सनाखत गरिरहेका छन । नेकपा एकीकृत समाजवादीका नेता प्रदीप नेपालसहितका केही नेताहरु भने सनाखत गरेर आयोगबाट बाहिरिसकेका छन् । आयोग परिसरमा सनाखत गर्न तीनवटा स्टल बनाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप