मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सर्लाहीबाट पेस्तोल सहित २ जना पक्राउ

बुधबार, ०९ भदौ २०७८, ११ : ०५
बुधबार, ०९ भदौ २०७८

सर्लाहीको बरहथवा नगरपालिका–६ बाट प्रहरीले पेस्तोल सहित दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–८ बस्ने २८ वर्षीय अरुण लामा र बरहथवा नगरपालिका–५ बस्ने २८ वर्षीय अगबर अन्सारी छन् ।

ईलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको टोलीले उनीहरुको साथबाट १ थान नलकटुवा पेस्तोल र ३ थान गोली बरामद गरेको छ । उनीहरु भारतिय बीआर–३० जे ३०८० नम्बरको मोटरसाइकलको लेगगार्डमा झोलामा लुकाएर पेस्तोल बोकेर हिँडेका थिए । आरोपीहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप