काँग्रेसमा लफडा : चाक्सीबारीमा पौडेल पक्षको बैठक, सानेपामा अनशन
नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय जिल्ला सभापतिहरूले रिले अनशन सुरु गर्दै छन् । बुधबार विहान ११ बजे पार्टी कार्यालय सानेपामा जिल्ला सभापतिहरूले रिले अनशन गर्न लागेका हुन् ।
नुवाकोटका जिल्ला सभापति जगदिश्वरनरसिंह केसीका अनुसार मंगलबार पार्टी कार्यालयमा धर्ना दिएका उनीहरुले आजबाट रिले अनशन सुरु गर्न गर्दै छन् ।
आज नुवाकोटका जिल्ला सभापति केसी, धादिङका जिल्ला सभापति रमेश धमला र काभ्रेका जिल्ला सभापति मधु आचार्यले अनशन गर्दै छन् ।
आफूहरुका माग सम्बोधन भएसम्म रिले अनशन जारी राख्ने केसीले रातोपाटीलाई बताए । उनका अनुसार भोलि अन्य तीन जिल्ला सभापतिले जिल्ला सभापति अनशन बस्ने छन् ।
क्रियाशील सदस्यको नामावली सार्वजनिक गर्नुपर्ने, जिल्ला सभापतिको उम्मेदवार हुने प्रावधानमा एकरुपता ल्याउन लगायत उनीहरुको माग छ ।
उनीहरुको मागको सन्दर्भमा पौडेल पक्षीय शीर्ष नेताको बैठक बसिरहेको छ । क्रियाशील सदस्यताबारे भएको सहमति कार्यान्वयन, जिल्ला सभापतिहरूको माग लगायतका विषयमा पूर्व महामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा छलफल जारी छ ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले सदस्यता सूची निर्वाचन समितिलाई बुझाएपछि नामावली सार्वजनिक गरिने छ । सबैले हेर्न पाउने गरी पार्टीको वेबसाइटमै नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
-
सीजेपी र भारत सरकारबिच आज वार्ता हुँदै
-
सशस्त्र प्रहरीद्वारा तीन महिनामा ३ सय ४७ जनाको सकुशल उद्धार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण