तालिबानले अमेरिकालाई समयसीमा नसर्ने बतायो, बाइडेनले पनि दिए जवाफ
अमेरिकालाई अफगानिस्तानबाट ३१ अगस्टसम्म मानिसहरुलाई निकाल्ने काम पूरा गर्न तालिबानका प्रवक्ताले निर्देशन दिएका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले ३१ अगस्टमा नै अफगानिस्तानबाट आफ्ना सैनिकलाई पूर्ण रुपमा फिर्ता गरिसक्ने बताएका थिए । समाचार एजेन्सी एपीका अनुसार एक पत्रकार सम्मेलनलाई सम्बोधित गर्दै तालिबानका प्रवक्ता जैबिउल्लाह मुजाहिदले ३१ तारिखको समयसीमा नबढ्ने बताउँदै तालिबानले यसलाई स्वीकार पनि नगर्ने बताए ।
उनले अफगानिस्तानमा जनजीवन सामान्य भइरहेको तर विमानस्थलमा समस्या अहिले पनि यथावत् रहेको बताएका छन् ।
तालिबानले आफ्नो हातमा अफगानिस्तानको सत्ता कब्जा गरेपछि अफगान देश छोड्न थुप्रै मानिसहरु आतुर छन् । जैबिउल्लाह मुजाहिदले अमेरिकामा पढेलेखेका र दक्ष अफगानीलाई लैजान पनि निर्देशन दिएका छन् । उनले ३१ अगस्टपछि अफगानिस्तानबाट कुनै पनि एयरलिफ्ट नहुने स्पष्ट पारेका छन् ।
मुजाहिदले भने, ‘अमेरिकाले दक्ष अफगानलाई लगिरहेका छन् । जस्तै, यहाँ इन्जिनियर बाँकी छैनन् । उनीहरुसँग विमान छन्, उनीहरुसँग विमानस्थल छन् र उनीहरुलाई आफ्नो नागरिक र ठेकेदारलाई यहाँबाट लैजानुपर्छ ।’
मुजाहिदले अफगान सरकारमा महिलाकर्मीको सुरक्षा स्थितिमा सुधार नहुञ्जेल घरमा नै बस्नुपर्ने बताएका छन् ।
३१ अगस्टको समयसीमा नबढाउने धम्कीपछि अमेरिकाले काबुलबाट मानिसहरुलाई निकाल्ने काममा थप तीब्रता दिएको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले १४ अगस्टदेखि हालसमम ७०,७०० जनालाई अफगानिस्तानबाट निकालिएको जानकारी दिए ।
अमेरिकी राष्ट्रपतिले ३१ अगस्टको समयसीमा अनुरुप मानिसहरुलाई निकाल्ने काम भइरहेको बताए । यद्यपि, नेटोका केही सहयोगीले ३१ अगस्टको समयसीमा बढाउन माग गरेका थिए ।
राष्ट्रपति बाइडेनले भने, ‘निकाल्ने काम जति छिटो पूरा गर्न सकियो, त्यति नै राम्रो हो । अमेरिकी सैनिकले तालिबानको कब्जा अघि नै अफगानिस्तान छाड्न सुरु गरेका थिए ।’
अमेरिकी राष्ट्रपतिले तालिबानले मानिसहरुलाई निकाल्नमा मद्दत गरिरहेको बताउँदै अन्तरराष्ट्रिय समुदाय तालिबानको मूल्यांकन उनको काममार्फत् गर्ने पनि बताए ।
अमेरिकी राष्ट्रपतिले अफगानिस्तानमा इस्लामिक स्टेटको खतरा बढिरहेका कारण एयरलिफ्टको काम चाँडै नै पूरा गर्ने बताए ।
मंगलबार जर्मनीले पश्चिमी सहयोगी देशले सुरक्षाको आवश्यकता भएका सबै अफगानीलाई निश्चित समयसीमा भित्र निकाल्ने बताएको छ ।
जर्मनीका विदेश मन्त्रीले भने, ‘यदि मानिसहरुलाई निकाल्ने काम ३१ अगस्टसम्म चल्छ वा त्योभन्दा पछि पनि गरिन्छ भने यो पर्याप्त हुँदैन किनभने हामी वा अमेरिका यति समयमा सबैलाई निकाल्न सक्दैनौं ।’
बेलायतले आफूले जीसेभेनको भर्चुअल समिटमा ३१ तारिखको समयसीमा बढाउने माग गर्ने पनि बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै