माधव नेपाल र महन्थ ठाकुर सनाखतका लागि आज निर्वाचन आयोग जाँदै

काठमाडौं । निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपाललाई सनाखतका लागि बुधबार (आज) बोलाएको छ ।
काठमाडौं । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले दुवै दलका पदाधिकारी सनाखतका लागि आयोगमा भौतिक रूपमा उपस्थिति जनाउनुपर्ने बताए ।
संसदीय दल र केन्द्रीय समितिमा २० प्रतिशतको समर्थनमा दल विभाजन हुनसक्ने राजनीतिक दलसम्बन्धी अध्यादेश जारी भएसँगै नेकपा एमाले औपचारिक रूपमा विभाजित भएको हो । यसलगत्तै नेता नेपाल पक्षका ९५ जना केन्द्रीय सदस्य र ३१ जनाभन्दा बढी सांसदले नेकपा (एकीकृत समाजवादी) नामको नयाँ दल दर्ता गराएका थिए ।
नेता नेपालले एमालेको २०३ सदस्यीय केन्द्रीय कमिटीका ५८ जनाको नाम आयोगमा पेस गरेका थिए । तर दल दर्ताको निवेदनमा हस्ताक्षर नभएकाले ७ जनाको सनाखत नहुने भएको छ ।
७ जनाको सनाखत नहुने भएपनि माधव नेपाललाई दल दर्ताका लागि संख्या पुग्ने छ । ४१ जना सदस्यको खनाखत भए नेकपा (एकीकृत समाजवादी) दर्ता हुने सक्ने देखिन्छ ।
यस्तै जनता समाजवादी पार्टी विभाजित भई महन्थ ठाकुरको नेतृत्वमा लोसपा नेपाल गठन भएको हो । नेता नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र ठाकुर नेतृत्वको लोसपा नेपाल दल दर्ताका लागि भदौ ४ गते शुक्रबार आयोगमा निवेदन दर्ता भएको थियो ।
बुधबार बिहान १०ः३० देखि दिउँसो २ बजेभित्र दुवै दलको सनाखत गरेर यस सम्बन्धमा आयोगले निर्णय लिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टरिगाउँ विमानस्थलको विकास नीति कार्यक्रममा मात्रै सीमित नहोस् : सांसद गिरी
-
राजश्व कार्यालयसँग राय लिएपछि मात्रै जिल्ला दर रेट तोकौँ : सांसद सिंह
-
तोलामा दुई हजारले घट्यो सुनको मूल्य, कतिमा हुँदै छ कारोबार
-
नागढुंगा-मुग्लिङ सडकको पुनर्निर्माण कछुवाको तालमा छ : सांसद अर्याल
-
‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
-
विकास साझेदारसँग आगामी बजेटबारे अर्थ मन्त्रालयद्वारा छलफल