बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महराले पाए माओवादी प्रवक्ताको जिम्मेवारी

मङ्गलबार, ०८ भदौ २०७८, २३ : ०३
मङ्गलबार, ०८ भदौ २०७८

नेकपा माओवादी केन्द्रका नेता कृष्ण बहादुर महरालाई सो पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको छ । सभामुखबाट पदमुक्त भएपछि पार्टीमा प्रभावकारी भूमिका नपाएका उनलाई माओवादीले हालै सम्पन्न केन्द्रीय कमिटी बैठकबाट प्रवक्ताको जिम्मेवारी दिएको हो । 
यसअघि प्रवक्ताको भूमिका निर्वाह गर्दै आएका नारायणकाजी श्रेष्ठलाई भने पार्टीको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ । 

यस्तै संगठन विभाग प्रमुखको जिम्मेवारी जनार्दन शर्माले पाएका छन् । शर्मा यसअघि कर्णाली प्रदेशको इन्चार्ज रहेका थिए । 
यस्तै  राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रेखा शर्मालाई जिम्मेवारी प्रदान गरिएको छ ।

त्यस्तै प्राध्यापक सम्बद्ध संगठनहरुको ईञ्चार्जमा नारायण शर्मा, केन्द्रीय कार्यालयको ईञ्चार्जमा वर्षमान पुनलाई प्रदान गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप