शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जबरजस्ती करणी गरेको अभियोग लागेका गाउँपालिका अध्यक्ष धरौटीमा छुट

मङ्गलबार, ०८ भदौ २०७८, १९ : २६
मङ्गलबार, ०८ भदौ २०७८

रुपन्देहीमा जबरजस्ती करणी उद्योग आरोपमा पक्राउ परेका एक गाउँपालिका अध्यक्ष आज  धरौटीमा छुटेका छन् । रुपन्देहीको सम्मरीमाई गाउँपालिका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु) लाई रुपन्देही जिल्ला अदालतले ५ लाख ५० हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको हो ।

आज दुवै पक्षको बहसपछि अदालतले धरौटी रकम मागेको बमोजिमको रकम बुझाएर रिहा भएको अदालतका श्रेस्तेदार शोभाकर खरेलले बताए । थुनछेक बहसपछि न्यायाधीश मातृकाप्रसाद मरासेनीको इजलासले मंगलबार शुक्ललाई धरौटीमा छाड्न आदेश गरेको थियो ।

 शुक्लाको तर्फबाट कानुन व्यवसायी धर्मराज खड्का, साविर खान, प्रदीप कुमार यादव र सुनिल कुमार त्रिपाठीले बहस गरेका थिए ।​ सम्मरीमाईकी स्थानीय ३० वर्षीया महिलाले आफूलाई जबरजस्ती करणी गरेको भन्दै जिल्ला प्रहरीमा निवेदन दिएपछि शुक्ला साउन २८ गते पक्राउ परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

सरकारी वकिल कार्यालयले अदालतमा शुक्लाविरुद्ध जबरजस्ती करणी उद्योगमा अभियोग दायर गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप