शनिबार, १५ असार २०८१
ताजा लोकप्रिय

बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकलाई तीन पटक पुरस्कार

मङ्गलबार, ०८ भदौ २०७८, १९ : १८
मङ्गलबार, ०८ भदौ २०७८

काठमाडौं । बजाज मोटरसाइकल खरिद गर्ने ग्राहकहरुले तीन पटकसम्म पुरस्कार पाउने भएका छन् । बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनीले ‘बजाज खुशीको ३ डोज’ दशैं योजना अन्तर्गत उक्त पुरस्कार दिने भएको हो ।

ग्राहकहरूका लागि रोमाञ्चक योजना र अफरहरु सार्वजनिक गर्दै आएको बजाजले कोभिड—१९ महामारीको समयमा ग्राहकहरू थप खुसी बाढ्न योजना ल्याएको जनाएको छ । 

ग्राहकहरुले यस अफर अन्तर्गत कुनै पनि बजाज मोटरसाइकल किन्नुभन्दा पहिले, किन्ने समय र किनेपछि गरी ३ पटक पुरस्कार पाउनेछन् । ग्राहकहरुले बजाज मोटरसाइकल किन्नुभन्दा पहिले १० हजारसम्मको अग्रिम नगद प्राप्त गर्न सक्नेछन् भने खरिदको समय १ लाखसम्मको नगद पाउनेछन् । यसैगरी, ग्राहकले मोटरसाइकल खरिद गरिसकेपछि पनि बम्पर अफरमा १० लाखको नगद पुरस्कार प्राप्त गर्न सक्नेछन् ।

हंसराज हुलासचन्द एन्ड कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले सदैव आवश्यकता अनुरुप ग्राहकहरूका लागि रोमाञ्चक तथा लाभदायी अफर र योजना ल्याउँदै आएको बताए । उनले दशैं महोत्सवको अवसरमा उपभोक्ताहरूलाई दोहोरो खुशी दिने प्रयास स्वरुप यो योजना ल्याएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप