शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नदिने निर्णय खारेज

निषेधाज्ञा थप एक साता लम्ब्याइयो
मङ्गलबार, ०८ भदौ २०७८, १८ : ४३
मङ्गलबार, ०८ भदौ २०७८

 काठमाडौं उपत्यकामा राति ८ बजेपछि सार्वजनिक तथा निजी सवारी संचालनमा गर्न पाइने भएको छ । यसअघिको निर्णयलाई खारेज गर्दै स्थानीय प्रशासनले नयाँ निर्णय गरेको हो । 
मंगलबार उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि गरिएको निर्णयमा पुनर्विचार गर्दै सो निर्णय खारेज गर्ने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार अब भदौ ९ गतेदेखि राति ८ बजेपछि  पनि निजी तथा सार्वजनिक सवारी संचालन गर्न पाइनेछ । 

यसैबीच उपत्यकामा निषेधाज्ञाको अवधि थप एक हप्ता लब्याउने निर्णय गरिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी पराजुली, भक्तपुरका प्रेम प्रसाद भट्टराई र ललितपुरका प्रजिअ ढुन्डी प्रसाद निरौलाले कोरोना संक्रमणको जोखिम कायमै रहेको निष्कर्ष निकाल्दै भदौ १६ सम्म निषेधाज्ञाको अवधि थप गर्ने निर्णय गरेका हुन् ।

स्थानीय प्रशासनले सभा, सम्मेलन, सिनेमा हल, डान्सबार, स्विमिङ पुल र खेलकुद प्रतियोगिता आयोजना गर्न रोक लगाउनको यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।

जुलुस गर्न र भौतिक उपस्थितिमा शैक्षिक संस्था संचालन गर्न पनि रोक लगाइएको छ । स्थानीय ढुवानी बिहान ९ देखी ११ बजेसम्म र साँझ ४ बजेदेखि ७ बजेसम्म संचालन गर्न पनि रोक लगाइएको काठमाडौंका प्रजिअ पराजुलीले रातोपाटीलाई बताए ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप