बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

८६ लाख रुपैयाँसहित काठमाडौंबाट ३ जना पक्राउ

मङ्गलबार, ०८ भदौ २०७८, १८ : ०५
मङ्गलबार, ०८ भदौ २०७८

प्रहरीले स्रोत नखुलेको झण्डै ८६ लाख रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको छ । ८५ लाख ५६ हजार रुपैयाँसहित पक्राउ पर्नेमा बाराको जिल्ला सिमरा उपनगरपालिका वडा नं २ घर भई हाल काठमाडौंको चण्डोल बस्ने लक्ष्मण पौडेल तथा कामनपा वडा नं २४ फसिकेव स्थित राजेन्द्र स्थापितको घरमा होलिडे ट्रेडिङ नामक कम्पनी सञ्चालन गर्ने अभिशेष अग्रवाल र सोही कम्पनीमा कार्यरत मधुसुदन खडका रहेका छन् । 

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता रमेश बस्नेतले लक्ष्मण पौडेल झोलामा ३१ लाख रुपैयाँ बोकेर हिँडिरहेको अवस्थामा खिचापोखरीबाट पक्राउ गरेको बताए । पक्राउ पछि वृत्त जनसेवामा  ल्याइ सोधपुछ गर्दा उनले सो रकम अग्रवालले दिएको  बयान दिएका थिए । 

त्यसपछि अग्रवालले संचालन गरेको होलिडे ट्रेडिङमा पुगेर प्रहरीले खानतलासी गर्दा स्रोत नखुलेको ५४ लाख ५६ हजार रुपैयाँ  फेला परेको बस्नेतले उनले बताए । दुबै जनाले रकमबारे स्रोत खुलाउन नसकेको हुँदा वृत्त जनसेवामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप