शोभितको ‘डाँडाको वरपीपल’ फ्लोरमा
फिल्म ‘डाँडाको वरपिपल’को छायाँकन सुरु भएको छ । सोमबारदेखि धादिङको धार्केबाट फिल्मको छायाँकन सुरु भएको निर्देशक शोभित बस्नेतले बताए ।
‘मंगलबार पनि पुरै दिन धार्केमै सुटिङ हुनेछ’ बस्नेतले भने, ‘बुधबारबाट हामी चित्लाङ लाग्नेछौ ।’ ६० दिनको छायांकन सेड्युल सहित फ्लोरमा निस्किएको फिल्मको चित्लाङ पछि काठमाडाैं उपत्यकामा छायाँकन हुनेछ ।
बस्नेत निर्देशित यो ३१ औँ फिल्म हो । फिल्ममा भुवन केसी, शिव श्रेष्ठ, गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, अस्मि थापा, ज्ञान कुमार कटेललगायतको मुख्य भुमिका रहनेछ ।
करिब १६ वर्षपछि भुवन र शिव एउटै फिलममा देखिन लागेका हुन् भुवन र शिव पछिल्लो पटक वि.सं. २०६२ मा फिल्म ‘राजु राजा राम’मा देखिएका थिए ।
नवराज गिरी निर्माता रहेको फिल्मको लेखक रामकाजी घिमिरे हुन् । फिल्ममा सुशान्त प्रजापतिको छायांकन, शिव मुखिया,एलिस कार्कीको संगीत, रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आथिक वर्षको पहिलो तीन महिना : व्यापार घाटा तीन खर्ब ५२ अर्ब
-
असाध्य रोगीका लागि ‘इच्छामरण’को कानून ल्याउन ब्रिटिश सांसदहरुले ‘रुँदै’अघि बढाए विधेयक
-
१२ बजे, १२ समाचार : निर्वाचन आचारसंहिता उल्लंघनमा ६ उम्मेदवारलाई कारबाहीेदेखि प्रधान सेनापतिको भारत भ्रमणसम्म
-
जाइकाले बनाइदियो शुद्धीकरण आयोजना, संस्थानको कमजोरीले शुद्ध भएन पानी
-
धनुषामा एक महिलाको हत्यामा सङ्लग्न रहेको आशङ्कामा तीन जना पक्राउ
-
परराष्ट्रमन्त्री राणा र चिनियाँ विदेशमन्त्री वाङबिच द्विपक्षीय भेटवार्ता