शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

एमएमएस स्क्यान्डल : बलिउडका यी अभिनेत्री भएका थिए लज्जित

मङ्गलबार, ०८ भदौ २०७८, १६ : ४६
मङ्गलबार, ०८ भदौ २०७८

केही दिन अगाडि भोजपुरी अभिनेत्री त्रिशाकर मधुको एमएमएस (एक निजी भिडियो) लिक भएको थियो । जसको कारण उनी सबैतिर आलोचित भएकी थिइन् । त्यो मामिला नसेलाउदै अर्की अभिनेत्री प्रियंका पण्डितको एमएमएस लिक भयो । जसका कारण उनले सामाजिक संजालमा थुप्रै आलोचना खेप्नु पर्यो ।

यी त उदाहरण मात्र हुन् । एमएमएस काण्डमा बलिउड कतिपय अभिनेत्री परेका छन् । जसले उनीहरुलाई अप्ठ्यारोमा पारेको छ । केही अभिनेत्रीले एमएमएस नक्कली भनेर प्रहरीमा उजुरी समेत दिएका थिए । अहिले चर्चा ती अभिनेत्रीको गर्न खोजिएको छ । जसको एमएमएस बाहिर आएको थियो ।

करीना कपुर र शाहिद कपुर 
करीना कपुर र शाहिद कपुर कुनै समय बलिउडमा सबैभन्दा लोकप्रिय जोडी मध्ये एक थिए । दुबैको एक भिडियो लिक भएको थियो । जसमा दुबै एक अर्काेलाई किस गर्दै देखिएका थिए । भिडियो सार्वजनिक भएपछि दुबै चर्चामा आए । यद्यपि, दुबै अव विवाहित छन् ।

रिया सेन र अश्मित पटेल 
रिया सेन र अश्मित पटेलको नाम पनि एमएमएस काण्डमा जोडिएको थियो । उनीहरु दुबैको निजी क्षणको अर्धनग्न भिडियो भाइरल भएको थियो । जसका कारण उनीहरुको धेरै आलोचना भयो ।

मल्लिका शेरावत 
मल्लिका शेरावत फिल्म अभिनय भन्दा बढी हट एण्ड बोल्ड अवतारका कारण चर्चित छिन् । उनले कयौ फिल्ममा बोल्ड सिन दिएकी छन् । उनी एक एमएमएस स्क्यान्डलको कारणले पनि चर्चामा छाएकी थिइन् ।

हंसिका मोटवानी 
टिभीमा बालकलाकारको रुपमा आएकी हंसिका मोटवानी पनि एमएमएसको शिकार भएकी छन् । वास्तवमा, एउटा भिडियो लीक भएको थियो जसमा बाथटबमा नुहाइरहेकी युवतीलाई हंसिका मोटवानी भनिएको थियो । पछि हंसिकाले उक्त भिडियो नक्कली भनिन् । तर यो नक्कली भिडियोको कारण उनलाई सबैतिरबाट गलत नजरले हेर्न थाले ।

मोना सिंह 
अभिनेत्री मोना सिंहको एउटा भिडियो पनि भाइरल भयो । २३ सेकेन्डको भिडियो इन्टरनेटमा सन्नसनी मच्चाउको थियो । तर मोनाले उक्त भिडियो आफ्नो नभएको बताएकी थिइन् ।

वीना मलिक 
अभिनेत्री वीना मलिकको अभिनेता रञ्जन वर्मासँंगको एक व्यक्तिगत भिडियो भाइरल भएको थियो । भिडियो निकै चर्चा भएको थियो ।

सोहा अली खान 
अभिनेत्री सोहा अली खानले पनि एमएमएस काण्डको सामना गरेकी थिइन् । उनको एउटा भिडियो भाइरल भएको थियो । जसमा उनी सैलुनमा लुगा फेर्दै गरेको देखिएकी थिइन् ।
स्रोतः अमरउजाला

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप