जिल्ला सभापतिको धर्नापछि देउवाद्वारा माग सम्बोधन गर्न निर्देशन
क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै नेपाली काँग्रेसका जिल्ला सभापतिहरूले पार्टी कार्यालयमा धर्ना दिएपछि केन्द्रीय सभापति शेरबहादुर देउवाले माग सम्बोधन गर्न चासो देखाएका छन् । देउवाले जिल्ला सभापतिहरूको माग बमोजिम तत्काल नामावली सार्वजनिक गर्नका लागि पार्टीका सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूको मागका सम्बन्धमा सभापति देउवाको ध्यानाकर्षण भएको भन्दै छिट्टै प्रक्रिया पुरा गरेर नामावली सार्वजनिक गरिने बताए । उनका अनुसार साउन ३० गतेको केन्द्रीय समिति बैठकमै सभापतिले नामावली सार्वजनिक गर्न निर्वाचन समितिलाई निर्देशन दिएका थिए । त्यसका लागि पार्टीको नियमावली संशोधन गर्ने प्रक्रिया अघि बढेको र सोसम्बन्धी काम सकिएपछि सबैको पहुँचमा पुग्नेगरी नामावली सार्वजनिक गरिने उनको भनाइ छ ।
‘सूची सार्वजनिक गर्ने सम्बन्धमा साउन ३० गतेको केन्द्रीय समिति बैठकमै सभापतिले निर्देशन दिनुभएको थियो । त्यहीअनुसार निर्वाचन समितिले नियमावली पनि बनाइसकेको छ’, उनले भने, ‘सोमबार साँझ सभापतिले क्रियाशील छानबिन समितिको प्रतिवेदन र निर्वाचन समितिको प्रतिवेदनमा बुझेपछि पनि यसबारे आवश्यक व्यवस्था गर्न भनिसक्नु भएको छ ।’
क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन सभापतिले रुजु गरिसकेपछि तथा निर्वाचन समितिले अन्तिम रुप दिएपछि पार्टीको वेबसाइटमार्फत सबैको पहुँचमा पुग्नेगरी सार्वजनिक हुने प्रवक्ता शर्माको भनाइ छ ।
मंगलबार बिहानै सानेपास्थित पार्टी केन्द्रिय कार्यालय पुगेका जिल्ला सभापतिहरूले क्रियाशील सदस्यहरुको नामावली तत्काल सार्वजनिक गर्न माग गर्दै धर्ना दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या