मेस्सीले अर्को साता डेब्यु गर्नसक्ने
फ्रान्सेली क्लब पेरिस सेन्ट जर्माइनमा आबद्ध भएपनि स्टार खेलाडी लियोनेल मेस्सीले अहिलेसम्म यस क्लबबाट खेलेका छैनन् ।
यहीबीच पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिन्होले आगामी साता रेइम्सविरुद्ध हुने लिग वान खेलमार्फत मेस्सीले डेब्यु गर्नसक्ने संकेत गरेका छन् ।
‘यो साता मेस्सीका लागि निकै राम्रो रह्यो । र, मलाई आशा छ सबै राम्ररी अघि बढ्यो भने अर्को साता उनी प्रतिस्पर्धात्मक शैलीमा टिमको हिस्सा हुनेछन् ।’
मेस्सीले पिएसजीको टोलीसँग पर्याप्त प्रशिक्षण गर्न नपाएका कारण सुरुवाती तीन खेलमा उनलाई मैदान उतारिएन । यी तीनवटै खेलमा पिएसजी विजयी भइसकेको छ । नेइमार पनि यी खेलमा सहभागी थिएनन् ।
विगत २१ वर्षसम्म बार्सिलोनाबाट खेलेका मेस्सीले १७ वर्ष सिनियर टोलीबाट खेलेका थिए । उनले यसक्रममा चारपटक च्याम्पियन्स लिग तथा १० पटक स्पेनिस ला–लिगा जिते । ६ पटकका बेलोन डि’ अर विजेता मेस्सी यसै सिजन बार्सिलोनासँगको सम्झौता सकिएपछि पिएसजीमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त
-
लिभरपुल, आर्सनल र न्यूक्यासल काराबाओ कपको सेमीफाइनलमा
-
आज कसलाई कति शुभ ? हेर्नुहोस् राशिफल
-
विदेशी मुद्राको विनिमय दर, कसको मूल्य कति पुग्यो ?
-
ला लिगाका दुबै खेल टुंगिए बराबरीमा