बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

चर्चामा विष्णु माझीको ‘चरी जेलैमा’

मङ्गलबार, ०८ भदौ २०७८, १६ : ०७
मङ्गलबार, ०८ भदौ २०७८

गायिका विष्णु माझी गाउँने प्रायः गीत हिट हुने गरेका उदाहरण छन् । गायिका माझीले अहिले तीजको अवसर पारेर ल्याएको गीत ‘जेलैमा हो जेलैमा, चरी जेलैमा’ले पनि अहिले राम्रो चर्चा बटुल्न सफल भइरहेको छ ।
‘पुतलीको भट्टी’ भाग १७ का रुपमा ल्याइएको गीतले यतिबेला टिकटकदेखि सामाजिक संजालसम्म चर्चा बटुलिरहेको छ । म्युजिक भिडियोसहित सार्वजनिक गीतमा सुन्दरमणी अधिकारीको शब्द÷संगीत, विनोद बाजुरालीको एरेन्ज, महिमा आचार्यको कोरस गायन रहेको छ ।

सुन्दरमणीकै निर्माण, निर्देशन रहेको गीतको भिडियोमा शिव बि.कको कोरियोग्राफी छ । तीजको अवसर पारेर जथाभावी गीत सार्वजनिक भएको समयमा यो गीत मौलिक रहेको छ ।
विवाहित चेलिको वेदना प्रस्तुत गरिएको गीतमा खराव श्रीमान्का कारण चेलिले पर्दा चेलिले पाउने पीडाहरुलाई गीतमा व्यक्त गरिएको छ । 

युट्युबमा १८ अगष्टमा सार्वजनिक गीतले ६ दिनमा २९ लाख भन्दा बढी दर्शन पाएको छ । सुजन शाहीको सम्पादन रहेको भिडियो शम्भु चालिसेले छायाँकन गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप