आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

हाइड्रोमा पहिरो, एकैदिन ५६ अंकले घट्यो नेप्से परिसूचक

मङ्गलबार, ०८ भदौ २०७८, १६ : ०२
मङ्गलबार, ०८ भदौ २०७८

मंगलबार सेयर बजार परिसूचक नेप्सेमा ५६ अंक बढीले गिरावट आएको छ । गत हप्ताको बिहीबारदेखि एकैचोटी चार दिन पछि मंगलबार मात्र खुलेको बजारमा एकैदिन ५६.०३ अंकको गिरावट आएको हो । 
नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार आज नेप्से परिसूचक ५६.०३ अंकले घटेर ३ हजार १२४.८७ विन्दुमा झरेको हो । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत १२.८१ अंकले घटेर ५७७.६६ विन्दुमा झरेको नेप्सेले जनाएको छ । 

चार दिन पछि एकैपटक मंगलबार खुलेको बजारमा हाइड्रोपावर समूहको सूचकमा सबैभन्दा बढी ६.२१ प्रतिशतले गिरावट आएको छ । यस्तै, विकास बैंक, होटल तथा पर्यटन, बैंकिङ्ग, ट्रेडिङ्ग, जीवन बीमा, माइक्रोफाइनान्स लगायतका उपसमूहले गुमाएका छन् ।

यद्यपि, ५६ अंकमाथिले गुमेको बजारमा कारोबार रकम भने १६ अर्ब बढी भएको छ । नेप्सेका अनुसार आज कुल २२५ कम्पनीका २ करोड ५३ लाख कित्ता माथिको सेयर बजारमा १ लाख ५६ हजार ९१३ पटक किनबेच हुँदा १६ अर्ब १२ करोड ४४ लाखको कारोबार भएको छ ।     
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप