शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् संसारकी सबैभन्दा सुन्दर युवती, ४ वर्षको उमेरदेखि गर्दै आएकी छिन् मोडलिङ

मङ्गलबार, ०८ भदौ २०७८, १४ : ५९
मङ्गलबार, ०८ भदौ २०७८

निकै कम उमेरमा आफ्नो लुक्सका कारण चर्चामा हासिल गर्ने फ्रेन्च मोडल थायलेन ब्लोन्डेउ एकपटक पुनः चर्चामा आएकी छिन् । उनी हालै आफ्ना प्रेमीसँग रिल्याक्स गरिरहेको देखिएकी थिइन् । थायलेनले सबैभन्दा पहिला चर्चा ६ वर्षको उमेरमा बटुलेकी थिइन् जब उनी संसारकी सबैभन्दा सुन्दर केटीको रुपमा मिडियामा छाएकी थिइन् । 

सन् २००७ मा थायलेनलाई टीसी क्यान्डलरको सय सबैभन्दा सुन्दर अनुहारको सूचीमा समावेश गरिएको थियो । स्मरण रहोस्, यो सूचीमा प्रियंका चोपडा र थुप्रै हलिउड स्टारको पनि प्रवेश भइसकेको छ । जब थायलेनलाई यो सूचीमा समावेश गरियो, त्यसको दुई वर्ष अघि नै उनले आफ्नो मोडलिङ करियर सुरुवात गरिसकेकी थिइन् । 

थायलेनले ४ वर्षको उमेरमा नै मोडलिङ गर्न सुरु गरेकी थिइन् र उनी निकै साना उमेरबाट नै र्याम्पवक गर्न थालेकी थिइन् । उनकी आमा पनि फेसन डिजाइनर थिइन्, यस्तोमा थायलेनले फेसन इन्डष्ट्रिमा एक्सपोजर पाइन् । उनी ६ वर्षको हुँदा एउटा तस्बिर भाइरल भएको थियो, त्यसपछि उनी सबैको नजरमा परिन् । 

त्यसपछि उनी १० वर्षको उमेरमा निकै विवादमा आएकी थिइन् । वास्तवमा उनी वोगको एक फोटोसुटको क्रममा सुनौलो परिहन, हाई हिल्स र मेकअपमा देखिएकी थिइन् । त्यसपछि आलोचकले यो फोटोसुटको सहारामा १० वर्षकी थायलेनलाई सेक्सुएलाइज गराउने कोसिस गरिएको आरोप लगाए । 

यी आरोपमा थायलेनकी आमाले जवाफ दिँलै भनेकी थिइन्, ‘म बुझ्न सक्छु कि केही मानिसहरुका लागि यो चकित पारिदिने किसिमको छ । म आफैं पनि यो फोटोसुटको क्रममा चकित थिएँ । तर वास्तविकता यो हो कि फोटोसुटका बेला मेरी छोरीले जुन नेकलेस लगाएकी थिइन्, त्यसका लागि म अचम्मित थिएँ । उक्त नेकलेसको मूल्य ३ मिलियन पाउन्ड थियो ।’

चाइल्ड मोडलिङमा सफल करियरपछि उनी फेसन इन्डिष्ट्रिमा आफ्नो छुट्टै स्थान हासिल गर्न सफल रहिन् । सन् २०१७ मा उनले मिलान फेसन विकमा युवा मोडलको रुपमा सुरुवात गरिन् । त्यसपछि उनलाई लरियलको ब्रान्ड एम्बेसेडर बनाइएको थियो । अब उनको आफ्नै क्लादिङ ब्रान्ड पनि सुरु भइसकेको छ । 

थायलेन फुटबलका पूर्व खेलाडी पेट्रिक ब्लोन्डेउ र फ्रेन्च मोडल वेरोनिककी छोरी हुन् । थायलेन अब २० वर्ष पुगिसकेकी छिन् र थुप्रै शीर्ष ब्रान्डकी अनुहार हुन् । उनको इन्स्टाग्राममा ४० लाखभन्दा बढी फलोअर्स छन् र उनी आफ्नो क्लोदिङ ब्रान्डलाई सोसल मिडियामा पनि प्रोमोट गर्छिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप