सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरको भीड देखेपछि स्वास्थ्य मन्त्रालयको चेतावनी : फेरि कडा निषेधाज्ञा हुनसक्छ

मङ्गलबार, ०८ भदौ २०७८, १४ : ४५
मङ्गलबार, ०८ भदौ २०७८

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य मापदण्ड बेवास्ता गरे फेरि कडा निषेधाज्ञाको अवस्था आउन सक्ने चेतावनी दिएको छ । मन्त्रालयका अनुसार पछिल्लो समय कोरोना सङ्क्रमण केही घटेपछि सङ्क्रमण दर स्थिर रहेको छ । 

‘निषेधाज्ञा खुकुलो पारिएसँगै स्वास्थ्य मापदण्डको बेवास्ता गर्ने र चाडपर्वको बहानामा विभिन्न स्थानमा भिडभाड गर्ने क्रम बढेको छ,’ मन्त्रालयले भनेको छ । सोमबार मात्र गाईजात्राको अवसरमा भक्तपुरमा अत्यधिक भिड देखिएको थियो ।

यसले अन्ततः कोरोना सङ्क्रमण बढाउने र त्यसको नियन्त्रणका लागि कडा निषेधाज्ञा गर्नै पर्ने अवस्थामा पु–याउने मन्त्रालयको ठहर छ । ‘त्यस्तो अवस्था आउन नदिने दायित्व तपाईं हाम्रै हो । त्यसैले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने, भिडभाड नगर्नेजस्ता जनस्वास्थ्यका मापदण्डको इमान्दारितापूर्वक पालना गरौँ,’ मन्त्रालयले भनेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप